मुख्यमन्त्रीद्वारा ट्रेड टावर शिलान्यास

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र २०, २०७९
|
|
४५ पटक हेरिएको
Shares
मुख्यमन्त्रीद्वारा ट्रेड टावर शिलान्यास

सारांश

  • दाङ ।
  • तुलसीपुर उपमहानगरपालिका कार्यालयको उत्तरतर्फ निर्माण हुन लागेको तुलसी ट्रेड टावर निर्माण गर्न थालिएको छ ।
  • लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीले आज उक्त टावर शिलान्यास शिलान्यास गरे ।

दाङ । तुलसीपुर उपमहानगरपालिका कार्यालयको उत्तरतर्फ निर्माण हुन लागेको तुलसी ट्रेड टावर निर्माण गर्न थालिएको छ । लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री लीला गिरीले आज उक्त टावर शिलान्यास शिलान्यास गरे । पाँच महिनाअघि नै सो टावर निर्माण थालिएको थियो ।

दाङलाई पर्यटनको केन्द्रको रूपमा विकास गर्न ट्रेड टावरले महत्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै मुख्यमन्त्री गिरीले दाङ ठूलो उपत्यका भएको र चुरे महाभारत शृङ्खला पनि रहेकाले हिलस्टेशनका रूपमा अघि बढाउन पनि सकिने बताए ।

उनले कोइलाबासबाट सुरुङमार्ग निकालेर दाङ उपत्यका पु¥याउन सकिने योजनाबारे पनि चर्चा गरे । पत्रकारको एक प्रश्नको जवाफमा मुख्यमन्त्री गिरीले आफूले विश्वासको मत नपाए संसद्को ठूलो दलले मुख्यमन्त्री पाउने बताए।

मुख्यमन्त्री गिरीले केही समयमै विश्वासको मत लिने बताए । गत चैत १२ गते माओवादीलगायत दलले उनलाई दिएको समर्थन फिर्ता लिएका थिए । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टीकाराम खड्काले उपमहानगरपालिकाकै जग्गामा ठूलाठूला घर बनाएर बेचबिखनका काम भइरहेको बताए । उनले ती घर छोडाउनका लागि बारम्बार भनिए पनि सम्बद्ध व्यक्तिले अटेर गरेकाले जग्गा खाली गराएरै छोडिने जानकारी गराए ।

अहिलेसम्म उपमहानगरपालिकाको जग्गामा घर बनाएकाहरूले कर नतिरेको र भाडा पनि नदिएकाले त्यस्ता व्यक्तिलाई सम्मान गर्न नसकिने उल्लेख गर्दै उपमहानगर प्रमुख खड्काले मिचिएका घर खाली गराएर जग्गा भाडामा दिइ आम्दानी लिने तयारी रहेको उल्लेख गरे ।

सोही उपमहानगरपालिकाका इञ्जिनियर पवनकुमार योगीले रु १४ करोड ४२ लाखको लागतमा बहुउद्देश्य व्यापारिक भवन तथा तुलसी ट्रेड टावर निर्माण हुन लागेको बताए। जहाँ लिफ्टसहित सात तलाको टावर निर्माण हुनेछ । साढे १७ मिटर लम्बाइ र ३४ मिटर चौडाइ रहेको टावर निर्माणको काम तीन वर्षमा पूरा गर्नेगरी ठेक्का सम्झौता भएको छ । रु २३ करोडमा टेन्डर आह्वान गरिएकामा समानान्तर, डायनामिक, नारायणम जेभीले भ्याटबाहेक साढे १४ करोड निर्माण सक्ने गरी ठेक्का पाएको थियो ।

कूल लागतमध्ये ७० प्रतिशत रकम नगरविकास कोषको ऋण र ३० प्रतिशत रकम तुलसीपुर उपमहानगरको लगानीमा निर्माण हुन लागेको हो । त्यसमा भूमिगत गाडी पार्किङ पनि निर्माण गरिने भएको छ । उपमहानगरपालिकाको उत्तरतर्फ रहेको १० कट्ठा जमिनमा निर्माण गर्न लागिएको टावरको व्यापारिक भवनमा पार्किङका साथै विभिन्न व्यापार, बैंकिङ कारोबार, सभाहल, रेष्टुरेन्ट पनि सञ्चालनमा आउनेछन् । उक्त भवन २०८१ चैत मसान्तसम्म सक्नेगरी सम्झौता भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्वकपमा पेनाल्टी शुटआउटको इतिहासः सबैभन्दा धेरै खेल्ने अर्जेन्टिना, जित्ने जर्मनी
विश्वकपमा पेनाल्टी शुटआउटको इतिहासः सबैभन्दा धेरै खेल्ने अर्जेन्टिना, जित्ने जर्मनी
सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्यो : सांसद तामाङ
सांसद बजेट लगेर जनताको प्रिय बन्न खोज्दा कानुन निर्माण ओझेलमा पर्यो : सांसद तामाङ
आयोगका काम टुंग्याउन पनि मेरो भूमिका चाहिन्छ- नेता सिटौला
आयोगका काम टुंग्याउन पनि मेरो भूमिका चाहिन्छ- नेता सिटौला
सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा
Japan marks 73rd anniversary of atomic attack on Hiroshima
Japan marks 73rd anniversary of atomic attack on Hiroshima
संगीतका पारखीहरुको माझमा रानु निरौला
संगीतका पारखीहरुको माझमा रानु निरौला
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
मध्यरातमा अर्थ मन्त्रालयमा करका दर हेरफेरको आरोप लागेका पूर्वनासुविरुद्ध दुई करोड बढीको भ्रष्टाचार मुद्दा
अफगानिस्तानविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात
अफगानिस्तानविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात
गगन थापाको कारण कांग्रेसलाई नोक्सान पुगेको देउवाको निष्कर्ष
गगन थापाको कारण कांग्रेसलाई नोक्सान पुगेको देउवाको निष्कर्ष
Assembly Thai Ladies Via A Dating Agency In Thailand

तपाईंले छुटाउनुभयो कि?