सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ १८, २०७९
|
|
२१ पटक हेरिएको
Shares
सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा

सारांश

  • पोखरा ।
  • नेपाली क्रिकेट संघ क्यानले टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ ।
  • पोखरामा मंगलबार भएको क्यानको केन्द्रीय कार्यसमिति बैठकले बलात्कार आरोप लागेका लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

पोखरा । नेपाली क्रिकेट संघ क्यानले टिमका पूर्वकप्तान सन्दीप लामिछानेमाथिको निलम्बन फुकुवा गरेको छ । पोखरामा मंगलबार भएको क्यानको केन्द्रीय कार्यसमिति बैठकले बलात्कार आरोप लागेका लामिछानेमाथिको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो ।

नाबालिका बलात्कारको आरोपमा पक्राउ परेपछि क्यानले लामिछानेलाई २३ भदौमा निलम्बन गरेको थियो । निलम्बन गरेको थियो । पुर्पक्षका लागि थुनामा राख्ने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले दिएको निवेदनमा उच्च अदालत पाटनले २० लाख रुपैयाँमा छाड्ने आदेश दिएसँगै क्यानले उनको निलम्बन फुकुवा गरेको हो ।

तर लामिछानेलाई थुनामै राख्नुपर्ने माग राख्दै महान्यायाधीवक्ताको कार्यालयले आजै सर्वोच्चमा निवेदन दर्ता गराएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?