पाँच दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण १२, २०७७
|
|
१९ पटक हेरिएको
Shares
पाँच दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सारांश

  • काठमाडौँ, १२ साउन : जल तथा मौसम विज्ञान विभागले आगामी पाँच दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
  • विभागले आज एक विज्ञप्ति जारी गरी आजदेखि १६ गतेसम्म मौसम सक्रिय हुने जनाएको छ ।
  • सोही अवधिमा अरब सागरबाट पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने बताइएको छ ।

काठमाडौँ, १२ साउन : जल तथा मौसम विज्ञान विभागले आगामी पाँच दिन भारी वर्षाको सम्भावना रहेको जनाएको छ । विभागले आज एक विज्ञप्ति जारी गरी आजदेखि १६ गतेसम्म मौसम सक्रिय हुने जनाएको छ ।

सोही अवधिमा अरब सागरबाट पर्याप्त जलवाष्पयुक्त हावा नेपाल भित्रिने बताइएको छ । आजबाट मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहने भएकाले पुनःमनसुन सक्रिय भई पाँच दिन भारी वर्षाको सम्भावना रहेको हो ।मनसुन सक्रिय भई देशको अधिकाश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मनसुन सक्रिय भएसँगै ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल(पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले महाशाखाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।(रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?