अफगानिस्तानविरुद्धको टी-२० सिरिजमा भारतको विजयी शुरुवात
सारांश
- काठमाडौं।
- भारतले अफगानिस्तानविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ।
- सिरिजको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो।
काठमाडौं। भारतले अफगानिस्तानविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ। सिरिजको पहिलो खेलमा भारतले अफगानिस्तानलाई ६ विकेटले पराजित गरेको हो। अफगानिस्तानले दिएको १५९ रनको लक्ष्य पछाएको भारतले १७.३ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पूरा गरेको थियो।
भारतको जितमा शिभम दुवेले अविजित ६० रन बनाएका थिए भने रिंकु सिंहले अविजित १६ रन बनाएका थिए। त्यस्तै तिलक बर्माले २६, शुभमन गिलले २३, जितेश शर्माले ३१ रन बनाएका थिए। त्यस्तै कप्तान रोहित शर्मा शुन्यमा आउट भएका थिए।
त्यस्तै अफगानिस्तानका बलर मुजीब उर रहमानले २ विकेट लिए भने अज्मातुल्लाह ओमरजाईले एक विकेट लिएका थिए। यसअघि टस हारेर पहिला ब्याटिंग गरेको अफगानिस्तानले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन बनाएको थियो।
अफगानिस्तानका लागि मोहमद नाबीले ४२ रन बनाए भने अजमतुल्लाह ओमरजाईले २९, कप्तान इब्राहिम जद्रानले २५, रह्मतुल्लाह गुरबाजले २३ रन बनाएका थिए।
त्यस्तै भारतीय बलर मुकेश कुमार र अक्सर पटेलले २-२ विकेट लिएका थिए भने शिभम दुवेले एक विकेट लिएका थिए। यो जितपछि भारतले ३ खेलको सिरिजमा १-० ले अगाडि भएको छ । अब सिरिजको दोस्रो खेल आइतबार हुने छ।
Puravive Reviews
Usually I do not read article on blogs however I would like to say that this writeup very compelled me to take a look at and do so Your writing taste has been amazed me Thanks quite nice post