भरतपुरमा एमालेबाट निर्वाचित प्रतिनिधिले पनि लिए शपथ

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण २३, २०७४
|
|
५० पटक हेरिएको
Shares
भरतपुरमा एमालेबाट निर्वाचित प्रतिनिधिले पनि लिए शपथ

सारांश

  • चितवन, २३ साउन ।
  • भरतपुर महानगरपालिकाका एमालेका तर्फबाट नवनिर्वाचित वडा अध्यक्ष र सदस्यले आज शपथग्रहण गरेका छन् ।
  • हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको शपथग्रहण कार्यक्रममा भरतपुर १९ को मतपत्र च्यात्ने सहभागी भएको भन्दै उनीहरुले शपथ लिएका थिएनन् ।

चितवन, २३ साउन । भरतपुर महानगरपालिकाका एमालेका तर्फबाट नवनिर्वाचित वडा अध्यक्ष र सदस्यले आज शपथग्रहण गरेका छन् ।

हिजो मुख्य निर्वाचन अधिकृतको कार्यालयले आयोजना गरेको शपथग्रहण कार्यक्रममा भरतपुर १९ को मतपत्र च्यात्ने सहभागी भएको भन्दै उनीहरुले शपथ लिएका थिएनन् ।

आज मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा छुट्टै कार्यक्रमको आयोजना गरी एमालेका तर्फबाट निर्वाचित १४ मध्ये १२ जना वडा अध्यक्षले मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेसँग शपथग्रहण गरेका छन् । वडा सदस्यले भने महानगरपालिकाको कार्यालयमा आयोजित कार्यक्रममा महानगर प्रमुख रेणु दाहालसँग शपथग्रहण गरेका हुन् ।

भरतपुर महानगरपालिका वडा नं ४ र ७ का निर्वाचित दुईजना वडा अध्यक्षले भने शपथग्रहण गर्न नपाउने भएका हुन् । उनीहरु दुबैजना एमालेका तर्फबाट निर्वाचित भएका थिए ।

दुई वडाका पराजित वडा अध्यक्षले मतगणनाको नतिजामा आफ्नो चित्त नबुझेको भन्दै उच्च अदालत पाटनको हेटौँडा इजलासमा निवेदन दिएका थिए । सो पश्चात जेठ २१ गते उच्च अदालतले हालका लागि अध्यक्षको हैसियतमा शपथग्रहण नगराउन र सो हैसियतमा कुनै काम कारबाही नगर्नु नगराउनु भनि विपक्षीका नाममा आदेश दिएको थियो ।

हिजो नेपाली काँग्रेस र ९माओवादी केन्द्र०का तर्फबाट विजयी प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र सदस्यले शपथग्रहण गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

अन्तर्रा्ष्ट्रिय मूर्तिकला कार्यशाला सोमबारदेखि
अन्तर्रा्ष्ट्रिय मूर्तिकला कार्यशाला सोमबारदेखि
पत्रकार सुविद गुरागाईँको अनुभव: श्रीनिवासलाई प्रहरी प्रमुखले यसरी धम्क्याएका थिए
पत्रकार सुविद गुरागाईँको अनुभव: श्रीनिवासलाई प्रहरी प्रमुखले यसरी धम्क्याएका थिए
सरकार निरंकुशतातर्फ उन्मुख भन्दै शान्ति समाजले गर्यो डा. केसी पक्राउको निन्दा
सरकार निरंकुशतातर्फ उन्मुख भन्दै शान्ति समाजले गर्यो डा. केसी पक्राउको निन्दा
अब गाउँगाउँमा सुरक्षा शिक्षक खटाउँछौं : एआइजी चन्द
अब गाउँगाउँमा सुरक्षा शिक्षक खटाउँछौं : एआइजी चन्द
भद्रकालीमा बस दुर्घटना हुँदा तीन घाइते
चार वर्षसम्म नभएको सडकको काम प्रचण्डको निर्देशनपछि बैशाख १५ भित्रै कालोपत्रे
चार वर्षसम्म नभएको सडकको काम प्रचण्डको निर्देशनपछि बैशाख १५ भित्रै कालोपत्रे
छिन्ताङका मतदाता को माग खानेपानि र पक्कि बाटो
छिन्ताङका मतदाता को माग खानेपानि र पक्कि बाटो
दीपक मनाङेबारे पार्टीलाई कुनै चासो नभएको ओलीको भनाई
दीपक मनाङेबारे पार्टीलाई कुनै चासो नभएको ओलीको भनाई
धोवीखोला पनि व्यक्तिको नाममा दर्ता
धोवीखोला पनि व्यक्तिको नाममा दर्ता
हावाबाट बिजुली : उपकरण जडान भएको वर्ष बित्याे, न मान्छे आए न बिजुली !
हावाबाट बिजुली : उपकरण जडान भएको वर्ष बित्याे, न मान्छे आए न बिजुली !