चार वर्षसम्म नभएको सडकको काम प्रचण्डको निर्देशनपछि बैशाख १५ भित्रै कालोपत्रे
सारांश
- ललितपुर, ९ चैत्र ।
- सातदोबाटोदेखि खुमलटारसम्मको झन्डै एक किलोमिटर सडकखण्ड बैशाख १५ गतेभित्र कालोपत्रे हुने भएको छ ।
- ठेक्का सम्झौता भएको ४ वर्ष बित्दासमेत सडकखण्डको काममा प्रगति नहुँदा स्थानीय जनताले सास्ती खेप्दै आएका थिए ।
ललितपुर, ९ चैत्र । सातदोबाटोदेखि खुमलटारसम्मको झन्डै एक किलोमिटर सडकखण्ड बैशाख १५ गतेभित्र कालोपत्रे हुने भएको छ । ठेक्का सम्झौता भएको ४ वर्ष बित्दासमेत सडकखण्डको काममा प्रगति नहुँदा स्थानीय जनताले सास्ती खेप्दै आएका थिए ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काठमाडौंको लाजिम्पाटबाट ललितपुरको खुमलटार हाइटमा बसाई सरेपछि स्थानीयबासीको भावना बुझ्दै सडक तत्काल निर्माण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका थिए । ठेकेदारले भने बिभिन्न बहाना बनाएर आलटाल गर्दै आएकोमा उक्त क्षेत्रका स्थानीय व्यक्तिहरुले अध्यक्ष प्रचण्डलाई सडक तत्काल कालोपत्रे गर्न पहल गरिदिन अनुरोध गरेका थिए ।
अध्यक्ष प्रचण्डले सुनाकोठी, चापागाउँलगायत ललितपुर जिल्लाका थुप्रै गाविस जोड्ने उक्त सडकखण्डको काम सम्झौताअनुरुप अघि नबढ्दा स्थानीय जनताले सास्ती खेप्नु परेको र धुलोका कारण स्वास्थ्य समस्या समेत देखिएको भन्दै तत्काल काम सम्पन्न गर्न मुख्य सचिव, यातायात सचिव र विभागका निर्देशकसँग छलफल गरेका थिए । सोही छलफलका आधारमा ठेकेदारले कालोपत्रे कार्य अघि बढाएको थियो । कालोपत्रे कार्य अघि बढाएपनि ढिलासुस्ती भएपछि प्रचण्ड सचिवालयको पहलमा स्थानीय प्रशासन, स्थानीयबासी र ठेकेदारबीच चैत्र १५ गतेभित्र सुरुको खण्डको ५ सय मिटर कालोपत्रे गर्ने र बाँकी सडक खण्ड वैशाख १५ सम्म कालोपत्रे सम्पन्न गर्ने सहमति भएको छ ।
सुरुको पाँचसय मिटरपछि निकै ठूलो मात्रामा फोहोर फालिएको कारण तत्काल काम अघि बढ्न नसक्ने देखिएपछि प्रचण्ड सचिवालयले फोहोर व्यवस्थापनका लागि समेत महानगरपालिकासँग पहल शुरु गरेको छ । उक्त फोहोरको व्यवस्थापन भएपछि बाँकी खण्डसमेत कालोपत्रे गर्न शुरु गरिने र सबै काम वैशाख १५ भित्र गर्न ठेकेदार पक्ष सहमत भएको छ ।
Shyam Pant
Kuro ta marmik
Mohan Kayasta
Anything is possible under the guidance of Prachanda. KP is only implementer .
Rupesh Shrestha
good
Ananda Subedi
बडो सक्तिसालि मान्छेहो हुनपरेत उस्को निर्देसनमा17000 हजार मान्छे मरेकाछन् डराउनै पर्योनि
Ganesh Pokharel
Neta ko ghar vayepachhi kurai arkai ni .
Chudamani Dhurba Devkota
काठमान्डौ कै कलंकि चोकबाट LRI कलेजबाट पश्चिम पुरानो नैकाप हिमशिखर बोर्डिङस्कूल हुदै भांडाकारखानादेखि नागदह नागढुङ्गा निस्कने बाटो लगभग १०पटक ठेकेदार ले गिटी बालुवा राख्दै झिक्दै गरेको ४बर्ष भयो सरदर ३कि मी बाटो पिच हुन सकेको छैन ।यो गाउ ठाउ राजधानि नजिक पर्ने जुम्ला भन्दा हुन्छ ,आहिले यहां कृष्ण गोपाल श्रेष्ठ ले चुनाब जितेका छन ।हेरौ कस्को कहिले नजर पर्छ ठेकेदार पालेर कस्ले राखेको हो ।