‘चलचित्रले बजार पाए दर्शक पाउँछ’

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ४, २०८०
|
|
३२ पटक हेरिएको
Shares
‘चलचित्रले बजार पाए दर्शक पाउँछ’

सारांश

  • काठमाडाैं ।
  • नेपाल र भारतका दुई चलचित्र सम्बद्ध संस्थाले आ–आफ्नो देशमा निर्मित चलचित्रलाई बजार उपलब्ध गराउने सहमति गरेका छन् ।
  • आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३’ विषयक कार्यक्रममा आआफ्ना देशमा रहेका डिजिटल प्लेटफर्म ओभर दि टप (ओटीटी) र चलचित्र भवनमा प्रदर्शन गर्न नेपाल फिल्म प्रमोसन सर्किट (एनएफपीसी) नेपाल र फिल्म एण्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटीपीसी) भारत सहमत भएका हुन् ।

काठमाडाैं । नेपाल र भारतका दुई चलचित्र सम्बद्ध संस्थाले आ–आफ्नो देशमा निर्मित चलचित्रलाई बजार उपलब्ध गराउने सहमति गरेका छन् । आइतबार चलचित्र विकास बोर्डमा आयोजित ‘इन्डो–नेपाल सिनेमा एक्सचेन्ज समिट २०२३’ विषयक कार्यक्रममा आआफ्ना देशमा रहेका डिजिटल प्लेटफर्म ओभर दि टप (ओटीटी) र चलचित्र भवनमा प्रदर्शन गर्न नेपाल फिल्म प्रमोसन सर्किट (एनएफपीसी) नेपाल र फिल्म एण्ड टेलिभिजन प्रमोसन काउन्सिल (एफटीपीसी) भारत सहमत भएका हुन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रले बजार पाए दर्शक पाउनेमा विश्वस्त रहेको प्रतिक्रिया दिए । ‘नेपालमा निर्माण भएको चलचित्रले छिमेकी देश भारतमा बजार विस्तार गर्न सके राम्रो लाभ आर्जन गर्नेछ । साथै, नेपालमा छायाङ्कन हुने दक्षिण भारतीय चलचित्रलाई स्वागत गर्न हामी आतुर छौँ । एकअर्काको बजार खोज्ने कुरा सकारात्मक छ’, बोर्ड अध्यक्ष केसीले भने ।

एनएफपीसीकी अध्यक्ष नुतन न्यौपानेले सांस्कृतिक आदाप्रदानको रुपमा आफूहरुले एकअर्काको चलचित्र बजार प्रवद्र्धन गर्न आतुर रहेको बताए । ‘नेपाली चलचित्रलाई तेलुगु भाषामा स्वराङ्कन गरेर दक्षिण भारतका ओटीटीमार्फत प्रदर्शन गर्ने तयारीमा छौँ’, उनले भने । कार्यक्रममा एफटीपीसी अध्यक्ष चैतन्य जङ्गले बजार र सम्भावनाबारे अध्यन गरिरहेको जानकारी दिए । ‘हामीलाई छायाङ्कन गर्न नेपाल सहज छ । नेपाली चलचित्र भारतमा र भारतीय नेपालमा छायाङ्कन हुँदा दुवैलाई लाभ हुनेछ’, उनले भने । कार्यक्रममा अभिनेता कृष्ण मल्ल, दीपकराज गिरी, आयुष्मान देशराज श्रेष्ठ जोशी, दिनेश डिसीलगायत उपस्थित थिए ।

(Alprazolam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सत्ताबाट हटाउने प्रयास विफल पार्न ओलीले तयार गरेका यी अस्त्र
के यो फाेटाेले तरकारीवालि युवतिकाे जस्तो चर्चा कमायाे त  ???
के यो फाेटाेले तरकारीवालि युवतिकाे जस्तो चर्चा कमायाे त ???
नेप्सेमा झिनो अङ्कको गिरावट
नेप्सेमा झिनो अङ्कको गिरावट
विराटनगरमा काँग्रेसको अग्रता कायमै, मतान्तर ह्वातै बढ्यो
विराटनगरमा काँग्रेसको अग्रता कायमै, मतान्तर ह्वातै बढ्यो
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र रुसी तल्लो सदनका अध्यक्षबीच भेटवार्ता
राष्ट्रियसभाका अध्यक्ष तिमिल्सिना र रुसी तल्लो सदनका अध्यक्षबीच भेटवार्ता
मुगुमा भाइरल ज्वरोले एक सातामा १२ जनाको मृत्यु ,औषधि र उपचार अझै पुगेन !
मुगुमा भाइरल ज्वरोले एक सातामा १२ जनाको मृत्यु ,औषधि र उपचार अझै पुगेन !
पोखरामा ‘तीज सांकृतिक महोत्सव’ सुरु
पोखरामा ‘तीज सांकृतिक महोत्सव’ सुरु
कार्यप्रगति सन्तोषजनक नभएपछि प्राधिकरणको ठेक्का तोड्ने चेतावनी
कार्यप्रगति सन्तोषजनक नभएपछि प्राधिकरणको ठेक्का तोड्ने चेतावनी
भारतले हटाउन थालेका सवारी साधन नेपालमा मुल्यवान बन्दै !
भारतले हटाउन थालेका सवारी साधन नेपालमा मुल्यवान बन्दै !
राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुले भेटे मुस्कानलाई
राष्ट्रिय क्रिकेट टिमका सदस्यहरुले भेटे मुस्कानलाई

तपाईंले छुटाउनुभयो कि?