‘भोट नहाले चाला गाउँलाई छाला’ बनाउने धम्कीकाे समाचार लेखेकाे भन्दै पत्रकार लाइ ज्यान मार्ने धम्की ।

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १, २०७४
|
|
२९ पटक हेरिएको
Shares
‘भोट नहाले चाला गाउँलाई छाला’ बनाउने धम्कीकाे समाचार लेखेकाे भन्दै पत्रकार लाइ  ज्यान मार्ने धम्की ।

सारांश

  • हुम्ला ,मंसिर १ प्रदेश र प्रतिनिधिसभाको चुनावी प्रचार प्रसारमा गएका कांग्रेसका उम्मेदवार तथा पूर्वखानेपानी तथा सरसफाई मन्त्री जीवन बहादुर शाहीले आफूलाई भोट नहाले ‘चाला गाउँलाई छाला’ बनाउने धम्की दिएपछि स्थानीयहरुले डराएको नाम्खा गाउँपालिका ४ चालाका सोनामटर्सी लामाले दुखेसो गरेका छन ।
  • उनले भने, ‘चुनावमा जनताको मनमस्तिष्क जितेर भोट माग्नु पर्ने ।
  • उनले त उल्टै यस्तो धम्की दिएर गए ।

हुम्ला ,मंसिर १

प्रदेश र प्रतिनिधिसभाको चुनावी प्रचार प्रसारमा गएका कांग्रेसका उम्मेदवार तथा पूर्वखानेपानी तथा सरसफाई मन्त्री जीवन बहादुर शाहीले आफूलाई भोट नहाले ‘चाला गाउँलाई छाला’ बनाउने धम्की दिएपछि स्थानीयहरुले डराएको नाम्खा गाउँपालिका ४ चालाका सोनामटर्सी लामाले दुखेसो गरेका छन ।

उनले भने, ‘चुनावमा जनताको मनमस्तिष्क जितेर भोट माग्नु पर्ने । उनले त उल्टै यस्तो धम्की दिएर गए । गाउँले डराएका छन् ।’ उनले थपे, ‘ दोस्रो संविधान सभाको चुनावमा उनलाई भोट दिएकै हो । केही परिवर्तन भएको छैन । भोट माग्न आउँदा आश्वासन मात्र दिने हाम्रो जिन्दगी यस्ताको उस्तै ।’

गत वैसाखमा सम्पन्न स्थानिय निकायकाे निर्वाचनमा नाम्खा गाँऊपालिका ४ चाला गाउमा नेपाली काङग्रेसका उम्मेद्वार ले हारेकाे प्रसङगलाइ काेट्याउदै शाहीले धम्की दीएकाे काङग्रेसका एक कार्यकर्ताले बताए ।

उनले भने नेपाली काङग्रेसकाे बाहुल्यता भएकाे याे क्षेत्रमा तपाइहरूकाे अान्तरीक बिवादका कारण अाफुलाइ भाेट नहाले चाला गाउलाइ छाला बनाइदीने धम्की दिएकाे जिकिर गरे ।

चाला गाउमा स्थानीय निकायकाे निर्वाचनमा काङग्रेसका उम्मेदवार ले जम्मा ६ मत प्राप्त गरेका थिए।

अरुले गरेको कामलाई आफुले गरेको दावी गर्ने नेताहरुले केही गर्लान भनेर त के विश्वास गर्नु ? गर्ने नै भए गाउँमा टेलिफोन सेवा छैन, यतातिर ध्यान दिए हुन्थ्यो चाला ४ का साङ्गे लामाले बताए ।’ लामाले भने, ‘गरिबले मात्रै गरिबको पिडा बुझ्छ ।जे जस्तो धम्की आएपनि हाम्रा समस्या समाधान गर्नेलाई भोट दिने हो ।’

यसैक्रममा समाचार प्रकाशन गरेकाे भन्दै नयांपत्रिका राष्टिय दैनिकका हुम्ला संवाददाता तथा नेपाल टेलिभिजनका पत्रकार नरजंग तामाङले अाफुलाइ  केहि अपरिचित नंवरबाट फाेन गरेर धम्किअायकाे बताएका छन ।

उनले ९८४८३४२८२९ नंवर बाट बाराम्बार फाेन गरेर जेसुकै पनि हुन सक्ने  र समाचार किन लेखेकाे भनेर धम्कि दिएकाे बताए । तामाङले अाफुलाइ नयां नयां नंवरबाट फाेन गरेर निर्वाचनकाे बेला जेसुकै हुन सक्ने धम्किपुण भाषा प्रयाेग गरेकाे बताए ।

तामाङले अाफ्नाे काम भनेकाे सत्य के हाे त्यहि लेख्ने हाे , तर सत्य तथ्य लेख्दा अाफुअसुरक्षित महसुस गरेकाे शिखरन्युज लाइ बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने नयाँ प्रविधिको प्रयोग हुँदै
वैशाखदेखि अवैध फोन नियन्त्रण गर्ने नयाँ प्रविधिको प्रयोग हुँदै
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरान बनाउने ८ जना विचौलिया पक्राउ
यातायात कार्यालयमा सेवाग्राहीलाई हैरान बनाउने ८ जना विचौलिया पक्राउ
प्रतिरोधात्मक क्षमता बढाउन होमियोप्याथी औषधि वितरण
प्रतिरोधात्मक क्षमता बढाउन होमियोप्याथी औषधि वितरण
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो
प्रचण्डले ओलीको प्रशंसा गर्दै भने – ‘चुनावमा जिम्मेवार नेताको भूमिका निर्वाह गर्नुभयो
तालिबानले सशस्त्र सङ्घर्ष अझ तीव्र बनाउने घोषणा
तालिबानले सशस्त्र सङ्घर्ष अझ तीव्र बनाउने घोषणा
प्रधानमन्त्री ओलीले राष्ट्रको नाममा गरेको सम्बोधन यस्तो छ
धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु २ घाइते, फोटो फिचर
धादिङमा ट्रक दुर्घटना हुँदा १ को मृत्यु २ घाइते, फोटो फिचर
राजनीतिक अस्थिरताले देशको विकास हुन नसकेको मुख्य मन्त्री गुरुको भनाइ
राजनीतिक अस्थिरताले देशको विकास हुन नसकेको मुख्य मन्त्री गुरुको भनाइ
सप्तरी-३ मा उपेन्द्र यादव लिए अग्रता
सप्तरी-३ मा उपेन्द्र यादव लिए अग्रता
पर्वतका ३२ वनमा आगलागी
पर्वतका ३२ वनमा आगलागी

तपाईंले छुटाउनुभयो कि?