मुगुमा भाइरल ज्वरोले एक सातामा १२ जनाको मृत्यु ,औषधि र उपचार अझै पुगेन !
सारांश
- मुगुमा भाइरल ज्वरोका कारण एक सातामा १२ जनाको मृत्यु भएको छ ।
- अत्यधिक जाडोसँगै जिल्लाभरि भाइरल ज्वरोले मान्छेहरुको बिरामी पर्ने चाप बढेको छ ।
- ‘जिल्लाका सबैजसो गाउँमा फैलिएको रुघाखोकी, निमोनियाँ र भाइरल ज्वरोका कारण बालबालिका र बृद्धबृद्धा प्रभावित भएका छन् ।
मुगुमा भाइरल ज्वरोका कारण एक सातामा १२ जनाको मृत्यु भएको छ । अत्यधिक जाडोसँगै जिल्लाभरि भाइरल ज्वरोले मान्छेहरुको बिरामी पर्ने चाप बढेको छ ।
‘जिल्लाका सबैजसो गाउँमा फैलिएको रुघाखोकी, निमोनियाँ र भाइरल ज्वरोका कारण बालबालिका र बृद्धबृद्धा प्रभावित भएका छन् ।
गाउँमा घाम लागेको बेला हरेक घरका छतमा दुई तीन जना सुतेको देखिन्छ । रुघाखोकीले गाउँ निकै प्रभावित बनेको छ,’ छायानाथ रारा नगरपालिका १ का स्थानीयवासी धनबहादुर मल्लले जानकारी दिए ।
एक हप्ता यता गाउँमा निमोनिया र ज्वरोका कारण पाँच वर्षीय बालक र ७० वर्षीया वृद्धाको मृत्यु भएको उनले बताए । यसै साता छायानाथ रारा नगरपालिका वडा नम्बर ५ ढुम गाउँकी ७२ वर्षीया लालशोभा बुढाको मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ७ मा एक जना एक वर्षीय बालक र एक जना ७० वर्षीय धर्मकला शाहीको मृत्यु भएको छ । त्यस्तै वडा नम्बर ४ भामवाडा गाउँमा एक हप्ता यता पाँच जनाको मृत्यु भएको स्थानीयवासी धिरेन्द्र भामले बताए ।
उनका अनुशार कडा ज्वरो आउने, टाउको दुख्ने, घाँटी पाक्ने, पेट दुख्ने, रिङ्गटा लाग्ने, बान्ता आउने, आँखा दुब्ने, खाना खान मन नलाग्ने जस्ता रोगको लक्षणले शरीर कमजोर हुँदै जाँदा औषधि उपचार नभएर विरामीको मृत्यु हुने गरेको छ ।
नागरिकबाट
Anup Gremba Tamang
पख्नुस् सरकारले २/३ करोडको घर किनेर देश विकास गरदै छ नआत्तिनु