चाउरीपना हटाउन लगाउनुस् सुन्तला र मुंगदालको फेस प्याक

Shikharkhabar Shikharkhabar
|
शनिबार, बैशाख ९, २०८०
|
|
४५ पटक हेरिएको
Shares
चाउरीपना हटाउन लगाउनुस् सुन्तला र मुंगदालको फेस प्याक

सारांश

  • काठमाडौं।
  • मुंगको दालमा भिटामिन ए, भिटामिन सी, काब्र्स, एन्टीअक्सीडेन्ट जस्ता कैयौं गुणहरु पाइन्छन् ।
  • छालामा चमक ल्याउन, सनबर्नलाई हटाउन तथा दागधब्बाबाट छुट्कारा पाउनका लागि मुंग दाल एकदमै फाइदाजनक हुन्छ ।

काठमाडौं। मुंगको दालमा भिटामिन ए, भिटामिन सी, काब्र्स, एन्टीअक्सीडेन्ट जस्ता कैयौं गुणहरु पाइन्छन् ।
छालामा चमक ल्याउन, सनबर्नलाई हटाउन तथा दागधब्बाबाट छुट्कारा पाउनका लागि मुंग दाल एकदमै फाइदाजनक हुन्छ । त्यस्तै सुन्तलाको बोक्रामा पनि भिटामिन सी, फाइबर तथा पोलिफेनोल्स पर्याप्त मात्रामा पाइन्छ ।

यसको प्रयोग पनि छालालाई स्वस्थ बनाउन र उमेर बढ्दै जाँदा छालामा देखिने समस्याबाट छुट्कारा पाउनका लागि उपयोगी हुन्छ ।

मुंग दाल तथा सुन्तलाको बोक्राबाट बनेको फेस प्याकको प्रयोगले छालालाई निम्न फाइदाहरु प्राप्त हुन्छन् :

दागधब्बाबाट छुट्कारा

दागधब्बा तथा पिग्मेन्टेशनको समस्याबाट छुट्कारा पाउनका लागि यो फेस प्याकको प्रयोग गर्न सकिन्छ । सुन्तलाको बोक्रामा पाइने गुणले छालालाई गहिरो तरिकाले सफा गर्छ । यसलाई हप्तामा दुईपटक प्रयोग गर्दा फाइदा प्राप्त हुन्छ ।

अनुहारको चमक बढाउँछ

अनुहारको चमक बढाउनका लागि सुन्तलाको बोक्रा र मुंग दालबाट बनेको फेस प्याकको प्रयोग एकदमै फाइदाजनक हुन्छ । मुंग दालमा पाइने गुणले छालालाई पोषण दिने तथा चमक बढाउने काम गर्छ ।

सनबर्न हटाउँछ
गर्मीमा घामबाट हुने सनबर्नका कारण तपाईंको छाला कालो हुन सक्छ त्यसलाई कम गर्न पनि यो फेस प्याक एकदमै सहयोगी हुन्छ ।

बुढोपनबाट हुने समस्या

बढ्दो उमेरसँगै छालामा चाउरीपना आउन थाल्छ । छालालाई टाइट बनाउने तथा जवान बनाउनका लागि पनि यो फेस प्याक एकदमै उपयोगी हुन्छ । यसको प्रयोगले चाउरीपना आउन दिँदैन । एजेन्सी

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?