भक्तपुर राजधानी बनाउनु हुँदैन : नारायणमान विजुक्छे
सारांश
- आफ्नो जिल्ला वा निर्वाचन क्षेत्रमा प्रदेश राजधानी बनाइनु पर्छ भनेर अड्डी कसिरहेका नेताभन्दा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे फरक देखिएका छन् ।
- प्रदेश ३ को राजधानी भक्तपुर बन्ने चर्चा चलिरहेको समय फरक धारणा प्रस्तुत गर्दै भक्तपुरलाई प्रदेश ३ को राजधानी बनाउन नहुने बताए ।
- नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरवको २१ आँै स्थापना दिवस तथा स्वर्गीय मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार २०७४ प्रदान कार्यक्रममा बोल्दै बिजुक्छेले यस्तो भनाई व्यक्त गरेका हुन् ।
आफ्नो जिल्ला वा निर्वाचन क्षेत्रमा प्रदेश राजधानी बनाइनु पर्छ भनेर अड्डी कसिरहेका नेताभन्दा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छे फरक देखिएका छन् । प्रदेश ३ को राजधानी भक्तपुर बन्ने चर्चा चलिरहेको समय फरक धारणा प्रस्तुत गर्दै भक्तपुरलाई प्रदेश ३ को राजधानी बनाउन नहुने बताए । नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरवको २१ आँै स्थापना दिवस तथा स्वर्गीय मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कार २०७४ प्रदान कार्यक्रममा बोल्दै बिजुक्छेले यस्तो भनाई व्यक्त गरेका हुन् ।
भक्तपुर केन्द्रीय राजधानीसँग जोडिएकै जिल्ला भएकाले सम्पुर्ण सुविधा उपलव्ध रहेको भन्दै उनले भक्तपुर भन्दा बाहिरका जिल्लामा प्रदेश ३ को राजधानी बनाए उपयुक्त हुने बताए । उनले बाम गठबन्धन भित्र देखिएको पछिल्लो दृश्य प्रति आलोचना गरे । अहिले देखिरहेको दृश्यले गठबन्धनको भविष्य दीर्घकालिन हुन नसक्ने र यसलाई फुटाउन बाह्य शक्ति पनि लागि परेको उनको भनाई थियो । कार्यक्रममा अध्यक्ष बिजुक्छेले रफत सञ्चारका अध्यक्ष शुसिलबन्धु थापालाई स्वर्गीय मैयादेवी शिल्पकार स्मृति पत्रकारिता पुरस्कारबाट सम्मान गरे ।
Kyacee SB
Kare. Thik
Shyam Shubham Giri
सहर तेतिकै बिकशित छ नि प्रदेश को राजधानी गाँऊमा बनाऊदा डवल फाईदा हून्छ तसर्थ म भन्दछू रोहित को भनाई ठिक हो महेश गून्डा बेठिक
Rajesh Prajapati
Goti
Bikash Thapa
Nepali ma aauta ukhan xa ni kukur lai giu pachdaina vanera Naran baba lai pani budesh kall ma baktapur ko bikash harna man xaina jasto xa ki janta le sabai na ma ki pa ko kalo kartut tha pauxa ani arko Palma pata saf vane dar le ho ?