चौधरी ग्रुपले तीब्रखबरलाई दिएको धम्कीप्रति महासंघको ध्यानाकर्षण

Shikharkhabar Shikharkhabar
|
आइतबार, पौष १६, २०७४
|
|
३१ पटक हेरिएको
Shares
चौधरी ग्रुपले तीब्रखबरलाई दिएको धम्कीप्रति महासंघको ध्यानाकर्षण

सारांश

  • काठमाडौं, १६ पुस ।
  • काठमाडौंबाट सञ्चालित तीब्रखबर डटकम अनलाइनमा चौधरी ग्रुपको विषयमा प्रकाशित समाचारलाई लिएर विभिन्न टेलिफोन नम्बरबाट समाचार नलेख्न धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण जनाएको छ ।
  • महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी उक्त घटनाप्रति महासंघको ध्यानाकर्षण भएको जनाएका हुन् ।

काठमाडौं, १६ पुस । काठमाडौंबाट सञ्चालित तीब्रखबर डटकम अनलाइनमा चौधरी ग्रुपको विषयमा प्रकाशित समाचारलाई लिएर विभिन्न टेलिफोन नम्बरबाट समाचार नलेख्न धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघले आफ्नो गम्भीर ध्यानाकर्षण जनाएको छ । महासंघका महासचिव रमेश विष्टले विज्ञप्ति जारी गरी उक्त घटनाप्रति महासंघको ध्यानाकर्षण भएको जनाएका हुन् ।

अनलाइनका कार्यकारी सम्पादकका रोशन कार्कीका अनुसार चौधरी ग्रुपले नेपाल सरकारलाई बुझाउनु पर्ने कर, नक्कली भ्याट बिलका सम्बन्धमा समाचार प्रकाशित गरेको थियो । समाचार प्रकाशित भएपछि टेलिफोनबाट “चौधरी ग्रुपले कर नतिर्दा तेरो के जान्छ, तुरुन्त चौधरी ग्रुपको विरुद्ध समाचार लेख्न बन्द गर, नत्र भौतिक कारबाही गर्न पछि नपर्ने” भनी धम्की आएको सम्पादक कार्कीले बताएका छन् । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सम्मान गर्न र घटनाको छानबिन गरी दोषीलाई कारबाही गर्न महासंघले सम्बन्धित निकायसँग माग पनि गरेको छ ।

(https://www.riverbendresort.us)

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Ashok Rayamajhi

    teile tirda tero k janxa chaudhari group lutera ho ho group

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?