‘तान्यो मलाइ तान्यो’को कभर भिडियो प्रतियोगीता जित्नेलाई १ लाख ५ हजार

Shikharkhabar Shikharkhabar
|
मंगलबार, पौष १८, २०७४
|
|
२६ पटक हेरिएको
Shares
‘तान्यो मलाइ तान्यो’को कभर भिडियो प्रतियोगीता जित्नेलाई १ लाख ५ हजार

सारांश

  • काठमाडौं, पुस १८ ।
  • गायक सुरेश लामाको आवाजमा समावेश गीत “तान्यो मलाइ तान्यो” बोलको कभर भिडियो प्रतियोगिता हुने भएको छ ।
  • प्रतियोगीतामा उत्कृष्ट भिडियो गर्नेलाई १ लाख ५ हजार नगद प्रदान गरिनेछ ।

काठमाडौं, पुस १८ । गायक सुरेश लामाको आवाजमा समावेश गीत “तान्यो मलाइ तान्यो” बोलको कभर भिडियो प्रतियोगिता हुने भएको छ । प्रतियोगीतामा उत्कृष्ट भिडियो गर्नेलाई १ लाख ५ हजार नगद प्रदान गरिनेछ ।

युट्युव च्यानल झकास टिभीले गर्न लागेको उक्त प्रतियोगीतामा इच्छुक व्यक्ति वा समूहले भिडियो निर्माण गरी झकास टिभीको जिमेल आइडी jhakaastv2074@gmail.com  मा पठाउनुपर्नेछ ।

बनाएको भिडियोलाई फागुन मसान्तसम्ममा पठाइसक्नु पर्नेछ । पठाईएको भिडियोलाई झकास टिभीको अफिसियल युट्युब च्यानलबाट अपलोड गरी प्रसारण गरिनेछ ।

प्रतियोगीले आफूले बनाएको कभर भिडियोलाई अन्य कुनै युट्युब च्यानलमा अपलोड गर्न पाईने छैन ।

प्रतियोगीबाट पहिलो हुने व्यक्तिलाई नगद १ लाख ५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगीतामा समावेश गीत यस्तो छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?