मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख ११, २०८०
|
|
१८ पटक हेरिएको
Shares
मुख्यमन्त्री गिरीले पाएनन् विश्वासको मत

सारांश

  • काठमाडौं ।
  • नेकपा (एमाले)को नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार पनि ढलेको छ ।
  • यहाँका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभामा आज विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो ।

काठमाडौं । नेकपा (एमाले)को नेतृत्वमा रहेको लुम्बिनी प्रदेश सरकार पनि ढलेको छ । यहाँका मुख्यमन्त्री लिला गिरीले प्रदेशसभामा आज विश्वासको मत पाउन नसकेपछि सरकार ढलेको हो ।

प्रदेशसभामा मुख्यमन्त्री गिरीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ३३ र विपक्षमा ५३ मत परेको थियो । ८७ सदस्यीय प्रदेशसभामा विश्वासको मत पाउनका लागि न्यूनतम ४४ जना सांसदको समर्थन आवश्यक पर्छ ।

यसअघि विश्वासको मत नपाएपछि सूदूरपश्चिम र गण्डकीमा पनि एमाले नेतृत्वको सरकार ढलेको थियो । सदूरपश्चिममा एमाले सरकार ढलेर कांग्रेस नेतृत्वको सरकार बनेको छ भने गण्डकीमा नयाँ सरकार बनाउन छलफल चलिरहेको छ । अब कोशी प्रदेशमा मात्रै एमाले नेृतत्वको सरकार बाँकी रहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?