प्रत्येक शनिबार मनोहरा खोलाको सफाइ गरिने

Shikharkhabar Shikharkhabar
|
आइतबार, भाद्र २५, २०७४
|
|
१९ पटक हेरिएको
Shares
प्रत्येक शनिबार मनोहरा खोलाको सफाइ गरिने

सारांश

  • भक्तपुर, २५ भदौ ।
  • जथाभावी फोहोर फाल्ने र खोला अतिक्रमण गर्ने क्रम बढेपछि भक्तपुर र काठमाण्डौँको सिमाना भएर बग्ने मनोहरा खोलाको संरक्षण र सफाइ अभियान सुरु गरिएको छ ।
  • मनोहरा खोला सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानले ५२ हप्तासम्म हरेक शनिबार बिहान ६ः३० बजेदेखि ९ बजेसम्म मनोहरा खोला सरसफाइ गरी खोला संरक्षण गर्ने जनाएको हो ।

भक्तपुर, २५ भदौ । जथाभावी फोहोर फाल्ने र खोला अतिक्रमण गर्ने क्रम बढेपछि भक्तपुर र काठमाण्डौँको सिमाना भएर बग्ने मनोहरा खोलाको संरक्षण र सफाइ अभियान सुरु गरिएको छ ।

मनोहरा खोला सरसफाइ तथा सम्पदा बचाउ नागरिक अभियानले ५२ हप्तासम्म हरेक शनिबार बिहान ६ः३० बजेदेखि ९ बजेसम्म मनोहरा खोला सरसफाइ गरी खोला संरक्षण गर्ने जनाएको हो ।

भक्तपुरको जडीबुटीस्थित मनोहरा खोला किनारामा हिजो शनिबारबाट शुरु भएको यो अभियान मनोहरा खोलाको उद्गमस्थल काठमाडाँैंको साँखुस्थित शाली नदीसम्म सफाइ गरिने अभियानका संयोजक रुद्र भट्टराईले जानकारी दिनुभयो ।

काठमाडाँै जिल्लाको मणिचूड उद्गमस्थल भएको पवित्र धार्मिकस्थल शाली नदी हँुदै बग्ने मनोहरा खोलालाई मानव अतिक्रमण र प्रदूषणमुक्त बनाउन र नदी एवं खोलालाई आफ्नो प्राकृतिक स्वरुपमा बग्न दिने अन्तर्राष्ट्रिय सिद्धान्तअनुसार मनोहरा खोलाको संरक्षण र बचाउका लागि यो अभियान शुरु गरिएको हो ।

भक्तपुर, काठमाडाँै र ललितपुरको संगमस्थलबाट शुरु भएको यो अभियान शाली नदीको उद्गमस्थलमा पुगेर समापन हुनेछ । अभियान अन्तर्गत पहिलो दिन चार मेट्रिक टन फोहोर संकलन भएको थियो ।

अभियानमा वाग्मती सभ्यता एकिकृत विकास समिति, वाग्मती सरसफाइ महाअभियान, कामनपा– ३२, कागेश्वरी नगरपालिका, भक्तपुर जिल्ला समन्वय समिति, सरकारी तथा विभिन्न सामाजिक संघ संस्थाको सहयोगी भूमिका रहने छ ।

एक हजार २०३ को निःशुल्क स्वास्थ्य परीक्षण एवं औषधि वितरण

यसैगरी नेपाल प्रहरीको ६२ औँं स्थापना दिवसका अवसरमा भक्तपुरको दरबारस्क्वायरस्थित पद्यम उमाविमा आयोजना गरिएको एक दिने वृहत स्थास्थ्य शिविरमा एक हजार २०३ जनाले स्वास्थ्य परीक्षण गराएका छन् ।

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान, नेपाल प्रहरी अस्पताल, पद्यम उच्च मावि तथा पद्यम कलेजको संयुक्त आयोजनामा शनिबार भएको शिविरमा बिरामीलाई निःशुल्क औषधिसमेत वितरण गरिएको कलेजका प्राचार्य राम हाडाले जानकारी दिनुभयो ।

विद्यालयमा अध्ययनरत विद्यार्थी तथा स्थानीय बासिन्दाको स्वास्थ्य परीक्षणमा प्रहरी अस्पतालका विभिन्न विभागका चिकित्सकसहित १२७ जनाको टोलीले सेवा दिएका थिए ।

स्वास्थ्य शिविरमा प्रहरी अस्पतालमा उपलब्ध हुने ओपिडि, मानसिक रोग, स्त्री रोग, अर्थोपेडिक, बालरोग, आँखा, दन्तरोगलगायतका सेवा प्रदान गरिएको प्रहरी टोलीका प्रमुख डा. दुर्गा पुनले जानकारी दिनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एक्सन स्टार निखिल उप्रेतीको नयाँ चलचित्र पिजडा ब्याक अगेनको फष्टलुक सार्वजनिक
एक्सन स्टार निखिल उप्रेतीको नयाँ चलचित्र पिजडा ब्याक अगेनको फष्टलुक सार्वजनिक
समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय : राष्ट्रपति
समृद्ध मुलुक निर्माण गर्न गुरुङ समुदायले निर्वाह गर्दै आएको भूमिका प्रशंसनीय : राष्ट्रपति
रेल्वेको करोडौंको सम्पत्ति कबाडीमा परिणत
रेल्वेको करोडौंको सम्पत्ति कबाडीमा परिणत
नेकपाः पार्टी एकता अभियान सार्वजनिक !
नेकपाः पार्टी एकता अभियान सार्वजनिक !
दीर्घकालीन विकल्प छैन काठमाडौँ फोहर व्यवस्थापनको
दीर्घकालीन विकल्प छैन काठमाडौँ फोहर व्यवस्थापनको
बिनोदमणी राईको अध्यक्षतामा माओवादी केन्द्र ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन
बिनोदमणी राईको अध्यक्षतामा माओवादी केन्द्र ‘सोलुखुम्बु–काठमाडौं सम्पर्क मञ्च’ गठन
The right way to Secure Organization Software
कसरी पाउँछन् महिलाले बढी सेक्स आनन्द ?
कसरी पाउँछन् महिलाले बढी सेक्स आनन्द ?
केपी शर्मा ओलीले बोले, लालीगुराँसका विद्यार्थीले निकाले हावाबाट बिजुली
केपी शर्मा ओलीले बोले, लालीगुराँसका विद्यार्थीले निकाले हावाबाट बिजुली
एमालेको बहिष्कारका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित
एमालेको बहिष्कारका बीच सुदूरपश्चिम प्रदेश सरकारको बजेट बहुमतले पारित

तपाईंले छुटाउनुभयो कि?