नुवाकोटमा बस दुर्घटना हुँदा तीनको ज्यान गयाे, २३ जना घाइते

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन ४, २०७९
|
|
१४ पटक हेरिएको
Shares
नुवाकोटमा बस दुर्घटना हुँदा तीनको  ज्यान गयाे, २३ जना घाइते

सारांश

  • त्रिशूली ।
  • नुवाकोटको विदुर नगरपालिका–१२ मा आज बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।
  • दुर्घटनामा २३ जना घाइते भएका छन् ।

त्रिशूली । नुवाकोटको विदुर नगरपालिका–१२ मा आज बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

दुर्घटनामा २३ जना घाइते भएका छन् । विदुर–४ बट्टारबाट नुवाकोटको तारकेश्वर गाउँपालिका–१ दाङसिंहतर्फ जाँदै गरेको बा२ख ८४५ नंको बस विदुर–१२ चैनपुरस्थित पिपलबोट भन्ने स्थानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले जानकारी दिए ।

उनका अनुसार दुई जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा त्रिशूली अस्पतालमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा तारकेश्वर गाउँपालिका–६ भमराका अन्दाजी ६२ वर्षीय रामप्रसाद अर्याल, उनकी श्रीमती ६० वर्षीया सीतादेवी अर्याल र विदुर–३ का ५८ वर्षीय बाबुराम दर्जी रहेका छन् । दुर्घटनामा घाइते भएका २३ जनामध्ये पाँच जनाको नुवाकोटमा उपचार हुन नसकेपछि थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।

नमस्ते पासाङ ल्हामु यातायात प्रालिमार्फत सञ्चालित उक्त बस चैनपुरस्थित पिपलबोट भन्ने स्थानको उकालोमा यात्रु ओरालेर अघि बढ्ने क्रममा अनियन्त्रित भएर दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । उकालोमा अघि बढ्नुपर्ने बसपछि हटेर एक सय ५० मिटर तल पुगेको जिल्ला ट्राफिक प्रहरी कार्यालय नुवाकोटका प्रमुख मिलनकुमार सिंहले जानकारी दिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेकपा केन्द्रीय कमिटी बैठकपछि सबै विभाग सक्रिय
नेकपा केन्द्रीय कमिटी बैठकपछि सबै विभाग सक्रिय
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरे पेट्रोलिय पाइपलाइन
नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रुपमा उद्घाटन गरे पेट्रोलिय पाइपलाइन
खप्तड लघुवित्तको आईपिओ आजदेखि बिक्रि खुला
खप्तड लघुवित्तको आईपिओ आजदेखि बिक्रि खुला
समानुपातिक परिणाम : पाँच एमाले र दुई प्रदेशमा कांग्रेस अगाडि
समानुपातिक परिणाम : पाँच एमाले र दुई प्रदेशमा कांग्रेस अगाडि
भारतले दश वर्षमा दश हजार मेगावाट बिजुली खरिद गर्ने
भारतले दश वर्षमा दश हजार मेगावाट बिजुली खरिद गर्ने
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
विदेशमा रहेका युवालाई स्वदेशमै अवसर सृजना गर्न प्रधानमन्त्री ओलीको आग्रह
साथीको पार्टीमा देखियो शाहरुखकी छोरी सुहानाको बोल्ड रुप
साथीको पार्टीमा देखियो शाहरुखकी छोरी सुहानाको बोल्ड रुप
निर्मला पन्त बलात्कार काण्ड: सात जना प्रहरी निलम्बित !
चीन–नेपाल आतंकवाद प्रतिरोधी संयुक्त सैन्य अभ्यास हुने
चीन–नेपाल आतंकवाद प्रतिरोधी संयुक्त सैन्य अभ्यास हुने
सङ्घीयता खारेज गर्न एउटा पक्ष लागिरहेको छ : जसपा अध्यक्ष यादव
सङ्घीयता खारेज गर्न एउटा पक्ष लागिरहेको छ : जसपा अध्यक्ष यादव

तपाईंले छुटाउनुभयो कि?