बर्दिया भनेपछि ‘बाघ’

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३१, २०७६
|
|
३७ पटक हेरिएको
Shares
बर्दिया भनेपछि ‘बाघ’

सारांश

  • राजापुर, ३१ वैशाख  ।
  • बर्दियाको राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ ।
  • त्यो हो बर्दिया भनेपछि ‘बाघ’ ।
राजापुर, ३१ वैशाख  । बर्दियाको राष्ट्रिय निकुञ्जमा लोभलाग्दो गरी बढेको बाघको सङ्ख्या र बाघ हेर्नकै लागि बर्दिया आउने पर्यटकको पछिल्लो तथ्याङ्कले बर्दियाले अर्को उपमा थपेको छ । त्यो हो बर्दिया भनेपछि ‘बाघ’ ।
 

बाँकेबाट जिल्ला प्रवेश गराउने पूर्वपश्चिम राजमार्गको आम्बासा ठाकुरद्वारा सडकखण्ड र धम्बोझी हुँदै गुलरियाबाट ठाकुरद्वाराको प्रमुख पर्यटकीयस्थल पुग्ने मार्ग पर्यटकको आवश्यकताविपरीत थिए । सफा सुन्दर र रमणीयता मन पराउने पर्यटक नेपालकै चर्चित र विदेशमा समेत ख्याति कमाएको बर्दिया राष्ट्रिय निकुञ्ज पुग्नुअघि नै निराश महसुस गर्थे ।

बर्दियामा लोपोन्मुख पाटेबाघको वृद्धि भएपछि दुर्लभ वन्यजन्तु अवलोकन गर्न आउनेको सङ्ख्यामा ह्वात्तै वृद्धि भएको निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारी बताउनुहुन्छ । “धरैजसो पर्यटक बाघ हेर्नकै लागि आउनुहुन्छ”, भण्डारीले भन्नुभयो, “गर्मी मौसममा बाघ पानी पिउन आइरहने हुँदा बाघ सजिलै देख्न सकिन्छ ।”

 

निकुञ्जले उपलब्ध गराएको तथ्याङ्कलाई हेर्ने हो भने पनि बाघ संरक्षण नै बर्दियाको प्रमुख उपलब्धि हो । निकञ्ज घुम्न आउनेसँगको प्रवेश शुल्कवापत झण्डै रु डेढ करोड राजश्व सङ्कलन भएको छ । नेपाली पर्यटकबाट रु १३ लाख आठ हजार १३८, सार्क मुलुकका पर्यटकबाट रु ४३ लाख नौ हजार ५२५ तथा विदेशी मुलकका पर्यटकबाट रु ९९ लाख ३७ हजार ४८० रकम राजश्ववापत उठेको छ ।

 

निकुञ्जका टिकट बुकिङ इन्चार्ज रमेश चौधरीका अनुसार प्रवेश शुल्क तथा जङ्गल सफारी, क्याम्पिङ, जङ्गल ड्राइभिङ, अवलोकन, अध्ययन भ्रमण, विद्यालयका बालबालिकाको शैक्षिक भ्रमणवापत चालु आर्थिक वर्षको वैशाख मसान्तसम्म रु तीन करोड एक लाख १० हजार ९४१ राजश्ववापत उठेको छ ।

 

नेपाली, विदेशी तथा सार्क मुलुकका गरी करीब २२ हजार पर्यटकले आर्थिक वर्ष २०७५÷७६ को वैशाख मसान्तसम्म निकुञ्ज भ्रमण गरेका छन् । पछिल्लो तथ्याङ्कअनुसार बर्दियामा ८७ पाटेबाघ छन् । बर्लिनमा भएको पर्यटन मेलाले बर्दिया राष्ट्रिय निकुञ्जलाई एशियाकै पहिलो प्राकृतिक गन्तव्यको घोषणासमेत गरेको थियो । प्राकृतिकरूपमा बाघ हेर्न सकिने विश्वको दोस्रो स्थानमा बर्दिया पर्ने गरेको पर्यटन व्यवसायी बताउँछन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटना : श्रीमान्, श्रीमातीसहित पाँच जनाको मृत्यु , नौ घाइते
रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटना : श्रीमान्, श्रीमातीसहित पाँच जनाको मृत्यु , नौ घाइते
शहीदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान
शहीदको सपना पूरा गर्न हातेमालो गर्न प्रधानमन्त्रीको आह्वान
घाँस काट्न जाँदा भीरबाट लडेर दुई महिलाको मृत्यु
घाँस काट्न जाँदा भीरबाट लडेर दुई महिलाको मृत्यु
चर्को विरोधपछि दुवै अध्यादेश फिर्ता लिने मन्‍त्रिपरिषद्‌को निर्णय
चर्को विरोधपछि दुवै अध्यादेश फिर्ता लिने मन्‍त्रिपरिषद्‌को निर्णय
सरकारले यी गाउँपालिकाका केन्द्र र नाम परिवर्तन गर्यो
चितुवाको आक्रमणबाट बालकको मृत्यु
चितुवाको आक्रमणबाट बालकको मृत्यु
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिष्द गठन
सुदूरपश्चिम प्रदेशमा मन्त्रिपरिष्द गठन
कांग्रेसको बलियो पक्ष भनेको  प्रजातान्त्रिक ‘भोट बैंक’ नै हो, जो वाम पार्टी मिल्दा वा फुट्दा धेरै तितरबितर हुँदैन ।
कांग्रेसको बलियो पक्ष भनेको प्रजातान्त्रिक ‘भोट बैंक’ नै हो, जो वाम पार्टी मिल्दा वा फुट्दा धेरै तितरबितर हुँदैन ।
बाबुरामको खुलासाः प्रचण्ड अध्यक्ष पक्का ! दिए बधार्इ !
काठमाडौंमा खस क्षेत्रि युवासंगठन निर्माण ।
काठमाडौंमा खस क्षेत्रि युवासंगठन निर्माण ।