सजिनाको शीरमा ‘मिस टिन प्रिन्सेसको ताज’ : फस्ट रनरअपको उपाधि प्रियालाई

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण २५, २०७४
|
|
२४ पटक हेरिएको
Shares
सजिनाको शीरमा ‘मिस टिन प्रिन्सेसको ताज’ : फस्ट रनरअपको उपाधि प्रियालाई

सारांश

  • काठमाडौं ।
  •   १६ प्रतिस्पर्धीलाई पार्दै ‘मिस टिन प्रिन्सेस नेपाल–२०१६’को उपाधि सजिना खनालले जितेकी छिन् ।
  • रेयाम्पजोन इन्टरप्राईजेज प्रालिले आयोजना गरेको सो प्रतियोगितामा क्राउनसँगै सजिनाले विभिन्न उपहार प्राप्त गरिन् ।

काठमाडौं ।  १६ प्रतिस्पर्धीलाई पार्दै ‘मिस टिन प्रिन्सेस नेपाल–२०१६’को उपाधि सजिना खनालले जितेकी छिन् । रेयाम्पजोन इन्टरप्राईजेज प्रालिले आयोजना गरेको सो प्रतियोगितामा क्राउनसँगै सजिनाले विभिन्न उपहार प्राप्त गरिन् ।

समाजसेवी सरोज खनाल र जिन्तु नकर्मीकी छोरी सजिनाले ताज पहिरिए पछि आफूले पनि बाबुआमाकै पथमा हिँड्ने बताइन् । सजिनाले उपाधिसँगै म्युजिक भिडियो र विज्ञापन खेल्ने अवसर समेत जितेकी छन् ।

प्रतियोगितामा फस्ट रनरअप प्रिया खड्काले, सेकेन्ड रनरअप सृस्टी मोडल र थर्ड रनरअपको उपाधि सुष्मा थापाले हाँसिल गरे । उनीहरुले पनि उपाधिसँगै विभिन्न उपहार प्राप्त गरे ।

फस्ट रनरअप प्रिया खड्का

प्रतियोगितामा प्रसँसा ताम्राकारले मोस्ट पपुलर र बेस्ट हेयरको, रुबिसा श्रेष्ठले बेस्ट क्याटवाकको, पुजा तामाङले मोस्ट डिसिप्लेनको, सुनैना चौधरीले मोस्ट व्युटिफुल र बेस्ट स्किनको, रेनु सेन्चुरीले मोस्ट चार्मिङको उपाधि हाँसिल गरे ।

किशोरीहरुको व्यक्तित्व विकाशका प्रतियोगिता आयोजना गरिएको ¥याम्प जोनकी अध्यक्ष रमी श्रेष्ठ बज्राचार्यले जानकारी दिइन् ।

अभिनेत्री रोशनी केसी, जेबिका कार्की, अभिनेता नविन लम्साल, सँगीतकार अनिल शाही, पत्रकार सरोज प्याकुरेल, व्यबसायी बालकृष्ण पोखरेले, वल्ड नेवा अर्गनाईजेनशकी अध्यक्ष बबिता प्रधान लगायत प्रतियोगीताको निर्णायक रहेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?