मध्यपुर ठिमीका मेयर श्रेष्ठमाथि सांघातिक आक्रमण
सारांश
- भक्तपुर, ८ बैशाख ।
- मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि शनिवार सांघातिक आक्रमण भएको छ ।
- बेलुकी ६ बजेतिर आफ्नै घर प्रवेश गर्न थालेका मेयर श्रेष्ठमाथि अपरिचित दुई व्यक्तिले उक्त आक्रमण गरेको बताइएको छ ।
भक्तपुर, ८ बैशाख । मध्यपुर ठिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठमाथि शनिवार सांघातिक आक्रमण भएको छ । बेलुकी ६ बजेतिर आफ्नै घर प्रवेश गर्न थालेका मेयर श्रेष्ठमाथि अपरिचित दुई व्यक्तिले उक्त आक्रमण गरेको बताइएको छ ।
अपरिचित दुई व्यक्तिले “मेयरसाब’ भनी बोलाउँदै फलामे रडले प्रहार गरेको मेयर श्रेष्ठले बताए । आक्रमणपछि घाइते मेयर श्रेष्ठको मध्यपुर ठिमी अस्पतालमा उपचार भइरहेको छ । मेयरको खुट्टा, दाहिने हात र टाउकोमा चोट लागेको छ । आक्रमणपछि मेयर श्रेष्ठ भागेर नजिकैको मोबाइल पसलमा गएर लुकेका थिए ।
मेयर श्रेष्ठ लुकेपछि आक्रमणकारीले उनी चढेको बा ८ च ८७२० नं. को गाडीमा तोडफोड गरेर पूर्र्णरुपमा क्षति पु¥याएका छन् । आक्रमणकारीको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त, ठिमीका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए ।
प्रतिक्रिया