आमाको किरिया नगरेका नेपालले जिससकी एक मात्र छोरी मुन नेपालकी आमा भन्दै ढोगे !

Shikharkhabar Shikharkhabar
|
आइतबार, मंसिर १६, २०७५
|
|
४० पटक हेरिएको
Shares
आमाको किरिया नगरेका  नेपालले जिससकी एक मात्र छोरी मुन नेपालकी आमा भन्दै ढोगे !

सारांश

  • काठमाडौं, १७ मंसिर  ।
  •   नेपाली कांग्रेसले क्रिश्चियन धर्म प्रचारक संस्थाले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रमलाई बहिष्कार गरेको छ ।
  • ‘जिससकी एक मात्र छोरी’ घोषणा कार्यक्रमलाई कांग्रेसले अस्वीकार गरेर सहभागी नभएको हो ।

काठमाडौं, १७ मंसिर  ।  नेपाली कांग्रेसले क्रिश्चियन धर्म प्रचारक संस्थाले काठमाडौंमा शनिबार आयोजना गरेको कार्यक्रमलाई बहिष्कार गरेको छ । ‘जिससकी एक मात्र छोरी’ घोषणा कार्यक्रमलाई कांग्रेसले अस्वीकार गरेर सहभागी नभएको हो । सम्मेलन ‘म्याडम मुन’ र उनको चर्चको प्रचारका लागि गरिएको कांग्रेसको आरोप छ ।

कांग्रेसका सहमहामन्त्री डा प्रकाश शरण महतले धर्म प्रचार गर्ने एउटा संस्थामा सरकार सहआयोजक हुनु नै दुःखद् रहेको बताए । उनले यसमा राज्यका सबै संयन्त्रको दुरुपयोग भएको दाबी गरेका छन् । उद्घाटन समारोहका सबै वक्ताले इसाई धर्म र युनिफिकेसन चर्च प्रमुख हकको प्रशंसा गरेका थिए । पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सभामुख कृष्णबहादुर महरा, उप्रप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापादेखि दर्जनौं सचिव, मेयरलगायत उच्च पदस्थ नेपाली, म्यानमारकी नेतृ आङ सान सुकी, कम्बोडियाका प्रधानमन्त्री हुन सेनलगायत ७ देशका राष्ट्ररसरकार प्रमुखरउपप्रमुख र ५० देशका १५ सय सहभागी आफूलाई ईश्वरको एकमात्र अवतार दाबी गर्ने ‘म्याडम मुन’ को अघिल्तिर उठेका थिए । माधब नेपाल तिनै मान्छे हुन् जसले आमाको किरिया गरेका थिएनन।

श्रीमती हानले भनिन्, ‘परमेश्वरमाथि विश्वास गर, मैले भनेको मान । कसैले दुख पाउने छैन । अब म यो भूमिलगायत एसिया प्रशान्त क्षेत्रलाई नै शान्ति क्षेत्र र यहाँका मानिसलाई ईश्वरका प्यारा सन्तान भएको घोषणा गर्छु ।’ सन् १९९३ पछि विश्वमा विभिन्न खालका हिंसा बढेको र त्यसको एकमात्र कारण बाइबलको आज्ञा उल्लंघन भएको दाबी गर्दै उनले मानिसहरूमा ईश्वरप्रति विश्वास घट्दै गएकाले त्यसलाई रोक्न आफू पृथ्वीमा आएको दाबी गरिन् । प्रधानमन्त्री केपी ओलीले बुद्ध जन्मेको देश नेपाल संसारको पुराना सभ्यतामध्येको एक भएको र यस्तो खालको कार्यक्रम नेपालमा आयोजना हुँदा खुसी लागेको बताए । चर्च र हानको प्रशंसा गर्ने तथा उनैले आफूलाई ईश्वरको अवतार दाबी गर्ने क्रम सुरु भएको थियो । हुन सेन, सुकीलगायतले पनि सम्बोधन गर्दै सम्मेलन भव्य रूपमा आयोजना भएकामा खुसी लागेको बताएका थिए ।

‘म्याडम मुन हामी सबकी एकमात्र आमा हुनुहुन्छ’, पूर्वप्रधानमन्त्री तथा कार्यक्रमको आमन्त्रण समितिका अध्यक्ष माधवकुमार नेपालले भने ।

गत भदौमा सम्पन्न बिमस्टेक सम्मेलनको खर्चभन्दा ठ्याम्मै दोब्बर रकम उपलब्ध गराएर गरिने यस सम्मेलनको ठोस औचित्य र सम्भावित उपलब्धिबारे सरकारले केही बताएको छैन । यसरी रकम प्रदान गर्नुअघि नेपाल सरकारले गम्भीर सोच–समझ दर्शाउनु अपरिहार्य छ । देशका मन्त्री, प्रधानमन्त्रीसम्म भइसकेका व्यक्तिविशेषहरू यस प्रकरणसँग जोडिनु नेपाल र नेपालीका लागि कति गौरव–कति विस्मातको सन्दर्भ हो, यसको लेखाजोखा पनि हुनैपर्छ । कतै गणतान्त्रिक स्वतन्त्रताको नाममा देशी–विदेशी चालमा फस्दै गएका त छैनौँ हामी ? देशलाई नै गोटी तुल्याइँदै त छैैन रु तमाम नेपालीले चासो दिनुपर्ने हो कि ? (हाम्रो ईकोनोमि बाट)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मसुरियामा प्रदेशस्तरीय गौरीगंगा कपको घोषणा
मसुरियामा प्रदेशस्तरीय गौरीगंगा कपको घोषणा
अफगानिस्तानको निर्यात सन् २०२३ मा करिब २ अर्ब अमेरिकी डलर
अफगानिस्तानको निर्यात सन् २०२३ मा करिब २ अर्ब अमेरिकी डलर
गरिबी निवारणका लागि सहकारी आवश्यक : मन्त्री केसी
गरिबी निवारणका लागि सहकारी आवश्यक : मन्त्री केसी
आजकाे राशिफल
आजकाे राशिफल
बिम्स्टेक सम्मेलनः समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छः प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुक
बिम्स्टेक सम्मेलनः समस्या समाधानका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्छः प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङ्चुक
नयाँ वर्षमा ओलीको सन्देश : नेपाललाई मध्यम अर्थतन्त्र भएको मुलुकमा वर्गाेत्थान गरिने
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा आज हस्ताक्षर हुँदै
नेपाल र भारतबीच बिजुली निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा आज हस्ताक्षर हुँदै
ओलीको सुरक्षाको जिम्मा एमालेकाे भूपू सैनिक, प्रहरी र युवा संघलाई
ओलीको सुरक्षाको जिम्मा एमालेकाे भूपू सैनिक, प्रहरी र युवा संघलाई
नेकपा सचिवालय बैठक अपरान्ह बस्दै
नेकपा सचिवालय बैठक अपरान्ह बस्दै
भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने
भागरथी हत्याका संदीग्धको पहिचान, सप्रमाण दुई दिनभित्रै सार्वजनिक गरिने