मिटरब्याजीलाई कारबाही र पीडितलाई न्याय दिन्छौँ : गृहमन्त्री श्रेष्ठ

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०८०
|
|
१७ पटक हेरिएको
Shares
मिटरब्याजीलाई कारबाही र पीडितलाई न्याय दिन्छौँ : गृहमन्त्री श्रेष्ठ

सारांश

  • जनकपुरधाम ।
  • उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीलाई कानुनी कारबाही गर्ने आश्वासन दिएका छन् ।
  • जनकपुरधाममा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार उनले पीडकलाई र पीडकको पक्षमा भूमिका निर्वाह गर्ने दुवैलाई कानुनी कारबाही गर्ने बताएका हुन् ।

जनकपुरधाम । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले मिटरब्याजीलाई कानुनी कारबाही गर्ने आश्वासन दिएका छन् । जनकपुरधाममा मिटरब्याजसम्बन्धी जाँचबुझ आयोगको केन्द्रीय कार्यालय उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै आइतबार उनले पीडकलाई र पीडकको पक्षमा भूमिका निर्वाह गर्ने दुवैलाई कानुनी कारबाही गर्ने बताएका हुन् ।

साथै उनले पीडकलाई कारबाही र पीडितलाई न्याय दिन सरकार प्रतिवद्ध रहेको बताए । सरकारले पीडकलाई कुन राजनीकि दलको हो भनेर नचिन्ने बताउँदै उपप्रधानमन्त्री श्रेष्ठले नेता तथा पहुँचवाला व्यक्तिले मिटरब्याजीलाई जोगाउन भूमिका खेल्यो भने उनीहरुलाई पनि कानुनी कारबाही गरेर पीडितलाई न्याय दिने बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?