मोदीले ओलीलाई किन यति धेरै महत्व दिएको ?-नेता रामचन्द्र पौडेल

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २०, २०७४
|
|
३१ पटक हेरिएको
Shares
मोदीले ओलीलाई किन यति धेरै महत्व दिएको ?-नेता रामचन्द्र पौडेल

सारांश

  • काठमाडौं, २० माघ ।
  • नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको हिजोको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई किन यति धेरै महत्व दिएको भन्दै प्रश्न गरेको खुलासा भएको छ ।
  • दुई दिने भ्रमणमा नेपाल आएकी भारतीय विदेशमन्त्री स्वराजको सम्मानमा प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो भारत प्रस्थान गर्नुपुर्व आयोजना गरेको दिवा भोजमा सरिक कांग्रेस बरिष्ठ नेता पौडेले बडो व्यंग्यात्मक रुपमा स्वराजलाई प्रश्नहरु तेर्साएको स्रोतको दाबी छ ।

काठमाडौं, २० माघ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भारतीय विदेशमन्त्री सुष्मा स्वराजसँगको हिजोको भेटमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई किन यति धेरै महत्व दिएको भन्दै प्रश्न गरेको खुलासा भएको छ ।

दुई दिने भ्रमणमा नेपाल आएकी भारतीय विदेशमन्त्री स्वराजको सम्मानमा प्रधानमन्त्री शेरबहादुर देउवाले हिजो भारत प्रस्थान गर्नुपुर्व आयोजना गरेको दिवा भोजमा सरिक कांग्रेस बरिष्ठ नेता पौडेले बडो व्यंग्यात्मक रुपमा स्वराजलाई प्रश्नहरु तेर्साएको स्रोतको दाबी छ ।

बैठकमा सहभागी एक नेताले दिएको जानकारी अनुसार पौडेलले सुरुवातमै भने,‘तपाई नेपाल आउनुभयो, यो राम्रो भयो, भ्रमण हुनु नै आँफैमा राम्रो हो, तर कुन बेला आउनुभयो, यसले कसलाई फाईदा पुगेको छ, त्यो चाहीँ तपाईलाई नै थाहा होला ।’ पौडेलले घुमाउरो पारामा स्वराजकै अघि संकेत गरेको कुरा के हो भने,‘स्वराजको भ्रमणले वाम गठबन्धनलाई फाईदा पुग्यो।’

पौडेल यतिमै रोकिएनन् । उनले स्वराजसँग पूनः अर्को जिज्ञासा राखेका थिए ।‘तपाईको प्रधानमन्त्री मोदीजीले एमाले अध्यक्ष ओलीलाई दुईपटक फोन गर्नुभयो, यसले पनि ओलीजीलाई नै फाईदा भयो नि होईन र ?’

उनले ओली प्रधानमन्त्री हुने निश्चित नै नभएको बेला मोदीले प्रधानमन्त्रीझैं सम्मान दिएको गुनासो गरेका थिए । उनको भनाई थियो,‘वाम गठबन्धनले पनि आधिकारिक रुपमा कसलाई प्रधानमन्त्री बनाउने भनेर निर्णय गरेको छैन, यसले त वाम गठबन्धनलाई नै फाईदा भयो नि ।’ पौडेले यसो भनेपछि सबैले उनलाई हेरेका थिए ।

पौडेलले नेपाल–भारत सम्बन्धबारे पनि विशेष रुपमा कुरा उठाएका थिए । ‘अन्तिम अवसर छ, नेपाल भारत सम्बन्धलाई थप उचाईमा पुर्याउनको लागि, भारतले कसरी जाने विचार गरेको छ, नीतिमा पूर्नविचार गर्ने, संशोधन गरेर जाने हो कि के हो क्लियर हुुनुपर्यो ।’

हिजोको लञ्च मिटिङमा कांग्रेसबाट सभापति देउवासहित, नेता पौडेल, कृष्ण प्रसाद सिटौला, विमलेन्द्र निधि, डा. सशांक कोइराला, डा. प्रकाशशरण महत, डा. नारायण खड्का, ज्ञानेन्द्रबहादुर कार्की, उदय शमशेर राणा सहभागी थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भक्तपुरका अधिकांश मासु पसल र काेल्ड स्टाेर मापदण्ड विपरीत !
भक्तपुरका अधिकांश मासु पसल र काेल्ड स्टाेर मापदण्ड विपरीत !
बुटवल उपमहानगरपालिका को पछिल्लो अपडेट: एमाले अगीअघि , कांग्रेश पछिपछि
बुटवल उपमहानगरपालिका को पछिल्लो अपडेट: एमाले अगीअघि , कांग्रेश पछिपछि
नेपालले बङ्गलादेशलाई १३९ रनको सामान्य लक्ष्य दियो
बलात्कार पछि हत्या: के छ कानुनी ब्यवस्था ?
बलात्कार पछि हत्या: के छ कानुनी ब्यवस्था ?
लक्जेम्बर्गमा विश्वभरिका एनआरएनहरुलार्इ छमछमी नचाए गायक नवीन पौडेलले
लक्जेम्बर्गमा विश्वभरिका एनआरएनहरुलार्इ छमछमी नचाए गायक नवीन पौडेलले
लकडाउनको नयाँ मोडालिटीः रेड जोनमा के निषेध र ग्रीन जोनमा के छुट ?
लकडाउनको नयाँ मोडालिटीः रेड जोनमा के निषेध र ग्रीन जोनमा के छुट ?
मन्त्रिपरिषद्ले गरेका निर्णयहरु के-के हुन् ? (सूचीसहित)
मन्त्रिपरिषद्ले गरेका निर्णयहरु के-के हुन् ? (सूचीसहित)
भारतीय विदेशमन्त्री स्वराज र राजदुत उपाध्यायबीच बाम तालमेलबारे  बुधबार बार्ता
भारतीय विदेशमन्त्री स्वराज र राजदुत उपाध्यायबीच बाम तालमेलबारे बुधबार बार्ता
परिचय खुल्ने आधिकारिक परिचयपत्रका आधारमा मतदान गर्न पाउने
सशस्त्र प्रहरीमा सरुवाको प्रक्रिया बदलियो
सशस्त्र प्रहरीमा सरुवाको प्रक्रिया बदलियो

तपाईंले छुटाउनुभयो कि?