लोकमार्गमा यातायात सञ्चालनको माग

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ २८, २०७४
|
|
३५ पटक हेरिएको
Shares
लोकमार्गमा यातायात सञ्चालनको माग

सारांश

  • जाजरकोट, २८ माघ ,पाँच वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालनमा आउन नसकेपछि स्थानीयवासी आक्रोशित भएका छन् ।
  • सरकारले निकै महत्व दिएर निर्माण गरेको पुष्पलाल नामको लोकमार्गको जाजरकोट खण्ड पहिरो र खाल्डाखुल्डीले काम नलाग्ने बन्दै गएपछि कुदुर जगतीपुरका बासिन्दाले सडकको स्तरोन्नति गरेर गाडी गुड्न मिल्ने गराउन सरोकारयुक्त निकायसँग माग गरेका छन् ।
  • जिल्ला समन्वय समिति र प्रदेशसभाका सांसदमार्फत उनीहरुले जाजरकोटमा निर्माण भएको ९२ किमी सडकमा तत्काल गाडी गुडाउन आग्रह गरेका छन् ।

जाजरकोट, २८ माघ ,पाँच वर्षअघि निर्माण भएको मध्यपहाडी लोकमार्गमा यातायातका साधन सञ्चालनमा आउन नसकेपछि स्थानीयवासी आक्रोशित भएका छन् ।

सरकारले निकै महत्व दिएर निर्माण गरेको पुष्पलाल नामको लोकमार्गको जाजरकोट खण्ड पहिरो र खाल्डाखुल्डीले काम नलाग्ने बन्दै गएपछि कुदुर जगतीपुरका बासिन्दाले सडकको स्तरोन्नति गरेर गाडी गुड्न मिल्ने गराउन सरोकारयुक्त निकायसँग माग गरेका छन् । जिल्ला समन्वय समिति र प्रदेशसभाका सांसदमार्फत उनीहरुले जाजरकोटमा निर्माण भएको ९२ किमी सडकमा तत्काल गाडी गुडाउन आग्रह गरेका छन् ।

सडक बनेर पूरै बिग्रिसकेको र सडक विभाग, स्थानीय तह र निर्माण व्यवसायीले कुनै वास्ता नगरेपछि आफूहरुले जिससका संयोजक मनबहादुर रावल र प्रदेशसभा सांसद कृष्णा शाहमार्फत सरोकारयुक्तको ध्यानाकर्षण गराएको स्थानीयवासी अटल आचार्यले जानकारी दिनुभयो । करोडौँ रकम खर्च गरेर बनाइएको सडकमा गुणस्तर नहुँदा जनताले दुःख पाइरहने गरेको आचार्यले बताउनुभयो ।

लिखित ज्ञापनपत्र दिएर भेरी नगरपालिकाको कुदुदेखि शिवालय गाउँपालिकाको सुयडासम्मको सडकमा तत्काल गाडी गुड्ने व्यवस्था गर्न आफूहरुले माग गरेको स्थानीयवासी बताउँछन् । रुकुमको चौरजहारी पार गरेपछि जाजरकोटको कुदुदेखि दैलेख र जाजरकोटको सिमाना सुयडासम्म ९२ किमीको लम्बाइ रहेको उक्त सडक वर्षात्को भेल र पहिराका कारण जोखिमपूर्ण र विनाकामको बन्दै गएको तिनको गुनासो छ ।

मध्यपहाडी लोकमार्ग आयोजना कार्यालय दाङका सिनियर डिभिजन इञ्जिनीयर शुभराज न्यौपानेले लोकमार्गको जाजरकोट खण्डको सम्पूर्ण भागको स्तरोन्नति गर्ने काम शुरु हुन लागेको बताउनुभयो । “भेरी नगरपालिकाको कुदुदेखि छेडागाड नगरपालिकाको सुयडासम्मको सडक कालोपत्रे र चौडा गरिने, पर्खाल लगाइने तथा नाली बनाइने कामका लागि माघ महिनाभित्र बोलपत्र आह्वान हुन लागेको छ”, उहाँले भन्नुभयो ।
सडकको कालोपत्रेका लागि विस्तृत परियोजना प्रतिवेदन आइसकेकाले अब बोलपत्र आह्वान हुन लागेको उहाँको भनाइ छ । सडक आगामी तीन वर्षभित्र कालोपत्रे गरिसक्ने गरी आफूहरुले काम अघि बढाउन लागेको डिभिजन इञ्जिनीयर न्यौपानेले बाउनुभयो ।

(Diazepam)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंशकार
वाईडबडी खरिदमा एक रुपैयाँपनि भ्रष्टाचार भएको छैन, नेताहरुले नबुझी टिप्पणी गरे : कंशकार
रामनवमी पर्व मनाइँदै
रामनवमी पर्व मनाइँदै
यी हुन प्रतिनिधिसभातर्फ ६ र प्रदेश सभामा १२ विजयी उम्मेदवारहरु (सूचीसहित)
यी हुन प्रतिनिधिसभातर्फ ६ र प्रदेश सभामा १२ विजयी उम्मेदवारहरु (सूचीसहित)
बीसीजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु
बीसीजी खोप लगाउँदा एक महिने शिशुको मृत्यु
लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा पौडेल
लुम्बिनी प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा पौडेल
पशुपतिनाथको महास्नानघर भासिएपछि जीर्णोद्वार गरिँदै
सलमान खानको हत्या योजनाको यसरि भयो खुलासा,  यि हुन योजनाकार
सलमान खानको हत्या योजनाको यसरि भयो खुलासा, यि हुन योजनाकार
अखिलका अध्यक्ष महरको आरोप : गगन थापामाथि भ्रष्टाचारको आरोप छ, छानबिन हुनुपर्छ (भिडियोसहित)
अखिलका अध्यक्ष महरको आरोप : गगन थापामाथि भ्रष्टाचारको आरोप छ, छानबिन हुनुपर्छ (भिडियोसहित)
महेश बस्नेतको पहलमा भक्तपुरमा रंगशाला निर्माण हुँदै
महेश बस्नेतको पहलमा भक्तपुरमा रंगशाला निर्माण हुँदै
विप्लवका छोराको यस्तो धम्कीः बदला लिएरै छोड्छौ
विप्लवका छोराको यस्तो धम्कीः बदला लिएरै छोड्छौ

तपाईंले छुटाउनुभयो कि?