बारामा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २२, २०८०
|
|
३८ पटक हेरिएको
Shares
बारामा प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन

सारांश

  • बारा ।
  •  बाराको महागढीमाई नगरपालिकाका स्थानीयले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका छन् ।
  • प्रमुख प्रशासकीय अधिकृतका नभएका कारण चार महिनादेखि नगरपालिकाको कामकाज ठप्प हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन गरेका हुन् ।

बारा । बाराको महागढीमाई नगरपालिकाका स्थानीयले शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पुत्ला दहन गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतका नभएका कारण चार महिनादेखि नगरपालिकाको कामकाज ठप्प हुँदा समेत सरकारले चासो नदेखाएको भन्दै स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुत्ला दहन गरेका हुन् ।

सयौंको संख्यामा रहेका स्थानीयले प्रधानमन्त्री प्रचण्डको पुत्लामा आगो लगाउँदै नाराबाजी गर्न थालेपछि  नेपाल प्रहरी र सशस्त्र प्रहरीले आगो निभाएका थिए । प्रधानमन्त्रीको पुत्ला दहनसँगै स्थानीयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीको राजीनामा समेत माग गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत पठाउन नसक्ने मन्त्रीले तत्काल राजीनामा दिनुपर्ने भन्दै स्थानीयले नाराबाजी गरेका थिए ।

यसअघि महागढीमाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र यादवले गठबन्धन दलका नेता र मन्त्रीलाई महागढीमाई नगर क्षेत्रभित्र प्रवेशमा रोक लगाएको भन्दै बुधबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेका थिए । प्रधानमन्त्रीसहित गठबन्धन दलका शिर्षस्थ नेतालाई भेटेर प्रमुख प्रशासकीय अधिकृत पठाइदिन आग्रह गर्दा समेत सुनुवाइ नभएपछि प्रवेश निषेध गरेको नगर प्रमुख यादवले बताएका थिए ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा नगरपालिका कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीसहित ६५८ जना कर्मचारीले चार महिनादेखि तलब पाएका छैनन् भने नगरपालिकाको योजनाको कामसमेत प्रभावित बनेको छ । प्रमुख प्रशासकीय अधिकृत नभएका कारण चालु आर्थिक वर्षमा पाँच प्रतिशत मात्रै योजनाको सम्झौता भएको छ ।

नगर प्रमुख यादवले प्रमुख प्रशासकीय अधिकृत चार महिना नहुँदा झण्डै एक अर्बको बजेट फ्रिज हुन लागेको बताउँदै आएका छन् । प्रमुख यादव प्रमुख प्रशासकीय अधिकृत माग गर्न यतिबेला काठमाडाैँमै छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

युरोपमा रहेर गायक तुलसी शिवाकोटीले ल्याए ‘राम्री’
युरोपमा रहेर गायक तुलसी शिवाकोटीले ल्याए ‘राम्री’
‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ सार्वजनिक
‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ सार्वजनिक
आज तोलामा दुई सयले घट्यो सुनको मूल्य
आज तोलामा दुई सयले घट्यो सुनको मूल्य
नेपाली कम्पनीसँग क्षमता नभएपछि अन्त शुल्क स्टिकर छपाइको काम विदेशी कम्पनीलाई
नेपाली कम्पनीसँग क्षमता नभएपछि अन्त शुल्क स्टिकर छपाइको काम विदेशी कम्पनीलाई
गैरिगाउँ हत्या प्रकरणः प्रहरीद्वारा संलग्न व्यक्ति सार्वजनिक
गैरिगाउँ हत्या प्रकरणः प्रहरीद्वारा संलग्न व्यक्ति सार्वजनिक
मन्त्रिमण्डल फेरबदलबारे मसँग ओलीजीले सोध्नुभएको छैन्:प्रचण्ड
मन्त्रिमण्डल फेरबदलबारे मसँग ओलीजीले सोध्नुभएको छैन्:प्रचण्ड
काठमाडौँ र ललितपुरमा राप्रपा र एमालेबीच चुनावी तालमेल : राप्रपा प्रवक्ता – Nepali Online News Media -shikharnews.com
वर्षा कम भएसँगै बाढीपहिरोको जोखिम घट्यो
वर्षा कम भएसँगै बाढीपहिरोको जोखिम घट्यो
कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
कमाण्ड एण्ड स्टाफ कोर्षमा पहिलो पटक महिला
गोरखा भूकम्प स्मृति दिवस मनाइँदै
गोरखा भूकम्प स्मृति दिवस मनाइँदै

तपाईंले छुटाउनुभयो कि?