युरोपमा रहेर गायक तुलसी शिवाकोटीले ल्याए ‘राम्री’
सारांश
- काठमाडौं, १ मंसिर।
- नेपाली संगीतक्षेत्रमा गायक तुलसी शिवाकोटी कुनै नौलो नाम होइन ।
- शिवाकोटीको बारेमा थोरै धेरै जती भएपनी गायन क्षेत्रको महल बनाउन इट्टा थप्ने काम गरेको पाइन्छ।
काठमाडौं, १ मंसिर। नेपाली संगीतक्षेत्रमा गायक तुलसी शिवाकोटी कुनै नौलो नाम होइन । शिवाकोटीको बारेमा थोरै धेरै जती भएपनी गायन क्षेत्रको महल बनाउन इट्टा थप्ने काम गरेको पाइन्छ।
चर्चित गायक तुलसी शिवाकोटी युरोपको व्यस्त ठाउँमादेखीनै भर्खरै ‘राम्री’ लिएर आएका छन्। प्रवास बाट पनि नेपाली गीत संगीतलाई नछोड्ने गायनको क्षेत्रलाई अगाडीनै बढाइरहने नेपाली संगीतलाईनै निरन्तरता दिँदै आई रहेका चर्चित गायक तुलसी शिवाकोटी गीत संगीतलाई मायागरेर घरभित्र नै भित्राउने जोश र जागर मनमा बोकेर युरोपमा सङ्र्घर्ष गरिरहेका छन्।
गायक तुलसी सिवाकोटीको स्वरमा रहेको’राम्री’ बोलको गीत सार्वजनिक भएको हाे। रोशन श्रेष्ठको निर्देशनमा रहेको गीतमा निरज श्रेष्ठ को उत्कृष्ट संगीत रहेको छ भने अद्रिस्य कुलुङ्गको उत्कृष्ट शब्द रहेको छ । कोरियोग्रफर सञ्जय लामाले गरेका हुन् । गीतको म्युजिक भिडियोमा,ओम उप्रेती र बिनिता ओलीको उत्कृष्ट अभिनय गरेको छ भने माधव बेल्बासेले गीतको म्युजिक भिडियो लाई सम्पादन गरेका हुन्। गीत निकै रोमान्टिक र दर्शक स्रोताले मन पराई माया गर्नु हुन्छ भनि चर्चित गायक सिवाकोटी ढुक्क छन् । हेर्नुहोस् राम्री गीतको भिडियो
प्रतिक्रिया