नेपाली कम्पनीसँग क्षमता नभएपछि अन्त शुल्क स्टिकर छपाइको काम विदेशी कम्पनीलाई

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर २१, २०७५
|
|
२९ पटक हेरिएको
Shares
नेपाली कम्पनीसँग क्षमता नभएपछि अन्त शुल्क स्टिकर छपाइको काम विदेशी कम्पनीलाई

सारांश

  • काठमाडौं, २१ मांसिर।
  • सरकारले नेपाली कम्पनीसँग क्षमता नभएकाले अन्त शुल्क स्टिकर छपाई विदेशी कम्पनीलाई दिनु परेको दाबी गरेको छ।
  • राजस्व सचिव शिशिरकुमार ढुंगानाले नेपाली छपाई कम्पनीसँग आवश्यक क्षमता नभएका कारण अन्त शुल्क स्टिकर छपाई विदेशी कम्पनीलाई दिनु परेको प्रष्टयाएका हुन्।

काठमाडौं, २१ मांसिर। सरकारले नेपाली कम्पनीसँग क्षमता नभएकाले अन्त शुल्क स्टिकर छपाई विदेशी कम्पनीलाई दिनु परेको दाबी गरेको छ। राजस्व सचिव शिशिरकुमार ढुंगानाले नेपाली छपाई कम्पनीसँग आवश्यक क्षमता नभएका कारण अन्त शुल्क स्टिकर छपाई विदेशी कम्पनीलाई दिनु परेको प्रष्टयाएका हुन्। शुक्रबार संघीय संसदको सार्वजनिक लेखा समितिको बैठकमा सांसदहरुले स्वदेशी कम्पनीलाई नै सो स्टिकर छपाईको काम किन नदिएको भन्ने प्रश्न गरेपछि उनले नेपालको छपाई कम्पनीसँग क्षमता नरहेको जवाफ दिएका हुन्। राजस्व सचिव ढुंगानाले अन्त शुल्क स्टिकर संवेदनशील बस्तु भएकाले यसको सुरक्षालगायतको उचित व्यवस्थालाई ध्यानमा राखेर विदेशी छपाई कम्पनीलाई दिनुपर्ने बाध्यता रहेको बताए।

सरकारले यो वर्ष पनि इन्डोनेशियाको छपाई कम्पनीलाई अन्तशुल्क स्टिकर छपाईको काम दिएपछि स्वदेशका छपाई कम्पनीहरुले त्यसको विरोध गर्दै सार्वजनिक लेखा समितिमा उजुरी दिएका थिए। राजस्व सचिव ढुंगानाले नेपालमा सो स्टिकर छपाउनका लागि आवश्यक प्रविधि समेत नरहेको दावी गरे।  राजस्व सचिव ढुंगानाले मदिराबाट उठने वार्षिक ५७ अरव बराबरको राजस्व अपचलन हुन नदिन पनि सरकारले अन्त शुल्क स्टिर छपाईलाई व्यवस्थित बनाउन विदेशी कम्पनीलाई दिनु परेको पनि समितिलाई जानकारी दिए। उनले बजारमा नक्कली मदिराको व्यापार नहोस् भनेर सरकारले अन्त शुल्क स्किटर लगाउने व्यवस्था गरेको उल्लेख गरे।  गत वर्ष सरकारले महिराबाट मात्रै ५७ अरव, ८७ करोड, २६ लाख ३५ हजार अन्त शुल्क अन्तरगतको राजस्व संकलन गरेको थियो। राजस्व सचिव ढुंगानाले राजस्व संकलनमा ठूलो योगदान दिने अन्त शुल्क स्टिकरलाई दुरुपयोग हुन नदिन सरकार सचेत रहेको दावी गरे।

बैठकमा समितिका सदस्यहरुले नेपाली उद्योगीहरुलाई नै सो स्टिकर छपाईको जिम्मा दिने व्यवस्था नगरेको भन्दै सरकारको चर्को आलोचना गरेका थिए। समितिका सदस्य तेजुलाल चौंधरीले अन्त शुल्क स्टिकर नेपालमै छपाई गर्ने व्यवस्था गर्न सरकारलाई सचेत गराए।  समितिका अर्का सदस्य हृदयश त्रिपाठीले अन्त शुल्क स्टिकर दुरुपयोग हुने गरेको भन्दै आक्रोश व्यक्त गरे। उनले नेपालको छपाई कम्पनीलाई नै अन्त शुल्क स्टिकर छपाई गर्ने व्यवस्था गर्न सरकार किन लागि नपरेको भन्दै आक्रोश व्यक्त गरे। समितिका सदस्यहरुले छपाईको काममा समेत विदेशी कम्पनीबाट सरकारले कमीशन खाने गरेको आरोप पनि लगाएका थिए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिम्स्टेक सम्मेलनः जनतालाई गरीबीको जालो र अभावको दुष्चक्रबाट मुक्त गर्नुपर्नेमा प्रम ओलीको जोड
राप्रपाद्वारा  पार्टी परित्याग गरेका सदस्यको नाम अभिलेखबाट हटाउने निर्णय
राप्रपाद्वारा पार्टी परित्याग गरेका सदस्यको नाम अभिलेखबाट हटाउने निर्णय
विप्लवलाई योजनाबद्ध तरिकाले खटाइएको विश्लेषक सुरेन्द्र केसीको खुलासा
विप्लवलाई योजनाबद्ध तरिकाले खटाइएको विश्लेषक सुरेन्द्र केसीको खुलासा
मतगणना स्थलमा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप, कयौं घाइते
मतगणना स्थलमा राजपा र कांग्रेसका कार्यकर्ताबीच झडप, कयौं घाइते
तीनकुने शान्तिमण्डल निर्माणको पूरा काम अझै अन्यौलमै
तीनकुने शान्तिमण्डल निर्माणको पूरा काम अझै अन्यौलमै
निजी अस्पतालको बहानामा अप्रेसन गरिन्छन् गर्भवती- ५ गुणाले बढ्यो
निजी अस्पतालको बहानामा अप्रेसन गरिन्छन् गर्भवती- ५ गुणाले बढ्यो
गणेशलाई गोली हानेर मारिएको पुष्टि
गणेशलाई गोली हानेर मारिएको पुष्टि
राष्ट्र बैंकको भारतसँग आग्रहः सबै दरका नोट चलाउनु दिनुहोस
राष्ट्र बैंकको भारतसँग आग्रहः सबै दरका नोट चलाउनु दिनुहोस
सर्वदलीय बैठकमा के के विषयमा भयो छलफल ?
सर्वदलीय बैठकमा के के विषयमा भयो छलफल ?
वन्यजन्तुबाट तरकारी जोगाउन खेतबारीमै बास
वन्यजन्तुबाट तरकारी जोगाउन खेतबारीमै बास

तपाईंले छुटाउनुभयो कि?