‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ सार्वजनिक

Shikharkhabar Shikharkhabar
|
शनिबार, श्रावण २६, २०८१
|
|
३३ पटक हेरिएको
Shares
‘ह्रस्व दीर्घ’को पहिलो गीत ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ सार्वजनिक

सारांश

  • काठमाडाैं।
  • संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक भएको छ।
  • शुक्रबार नाग पञ्चमीको अवसर पारेर सार्वजनिक भएको सिनेमाको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीतमा मुख्य कलाकार नीता ढुंगाना र हरिहर अधिकारी फिचर्ड छन्।

काठमाडाैं। संविधान दिवसको अवसर पारेर असोज ३ गतेबाट प्रदर्शनको तयारीमा रहेको सिनेमा ‘ह्रस्व दीर्घ’को पहिलो गीत सार्वजनिक भएको छ।

शुक्रबार नाग पञ्चमीको अवसर पारेर सार्वजनिक भएको सिनेमाको ‘उठेर नाचिस्यो, बसेर नाचिस्यो’ बोलको गीतमा मुख्य कलाकार नीता ढुंगाना र हरिहर अधिकारी फिचर्ड छन्।

सिनेमाको यो गीतमा दुर्गेश थापाको संगीत निर्देशन, शब्दर रचना र एरेञ्ज रहेको छ । गायनमा दुर्गेशलाई सदिक्षा कट्टेलले साथ दिएकी छन् । पाश्र्व गायनमा उनको यो डेव्यु सिनेमा हो ।

सार्वजनिक गीतको अडियो तथा भिडियो उत्कृष्ट बनेको छ । सुष्मा सुनामको कोरियोग्राफी रहेको यो गीतले दर्शकमाझ सिनेमाको हाइप निर्माण गर्ने विश्वास टिमको छ ।

नीता फिल्मस्को प्रस्तुतीमा निर्माण भएको सिनेमाका कार्यकारी निर्माता धनन्जय गलानी हुन् । सिनेमामा हरिहर अधिकारी, नीता ढुंगाना, ब्रह्मानन्दम, अली, कवीर दुहान सिंह, प्रदीप रावत, सुनिल वर्मा र प्रशान्त ताम्राकार, सञ्चीता लुईटेल, विपना थापा, सरोज खनाल, नरेन खड्का, गरिमा शर्मा, रवीन्द्र झा, आर्दश मिश्र, बुद्धि तामाङ र किरण केसी लगायतका कलाकारको अभिनय रहेको छ।

अभिनेता हरिहर अधिकारीको कथा र प्रतिक पौडेल, निर्देशक पन्त र हरिहरको पटकथा तथा संवाद रहेको सिनेमालाई बलिउडका चर्चित सिनेमाटोग्राफर कवीरलालले खिचेका हुन्।

सिनेमालाई चन्द्र पन्तले निर्देशन गरेका हुन्। यसअघि केही भोजपुरी सिनेमाको निर्देशन तथा करिब पाँच दर्जनबढि नेपाली सिनेमामा द्धन्द्व निर्देशकको रुपमा काम गरिसकेका पन्तको यो निर्देशकिय डेव्यु नेपाली सिनेमा हो।

अभिनेत्री निता ढुंगानाको लगानी निर्माण भएको यो सिनेमा नेपाली, तेलुगु र हिंन्दी गरी तीन भाषामा रिलिज हुनेछ । विजय वस्यालले पोस्टर डिजाइन गरेको सिनेमालाई मनोज राठी र उज्वल पौडेलको व्याङ्कटेस इन्टरटेनमेन्ट वितरण गर्दैछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

टोप बहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति
टोप बहादुरका छोरा सन्दीपलाई ३ दिन हिरासतमा राख्न अनुमति
सरकारले घण्टाको आधारमा कामको न्युनतम ज्याला तोक्दै
सरकारले घण्टाको आधारमा कामको न्युनतम ज्याला तोक्दै
एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनको बैठक बस्दै
एमाले नेतृत्वमा बनेको सात दलीय गठबन्धनको बैठक बस्दै
ओलीको सपना मुस्ताङमा साकार
ओलीको सपना मुस्ताङमा साकार
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री,राष्ट्रप्रमुखमा राष्ट्रिय एकताको प्रतिक राजसंस्था र स्थानिय स्वायत्त शासन प्रणालीवारे बहस गरौं : कमल थापा
जुद्ध समशेरकालीन दमकल भवन भत्काउने तयारी
जुद्ध समशेरकालीन दमकल भवन भत्काउने तयारी
प्रदेश नं. २ मा नागरिकता विवाद, जिल्ला प्रशासनले नै टेरेनन् प्रदेश सरकार
प्रदेश नं. २ मा नागरिकता विवाद, जिल्ला प्रशासनले नै टेरेनन् प्रदेश सरकार
ओली र प्रचण्डबीचको सहमति पछि नेकपामा एकताले पायो सार्थकता
ओली र प्रचण्डबीचको सहमति पछि नेकपामा एकताले पायो सार्थकता
समृद्धिको खाका अनुसार सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ :  प्रम ओली
समृद्धिको खाका अनुसार सरकारले नयाँ शिक्षा नीति अवलम्बन गर्न लागेको छ : प्रम ओली
काठमाडौँमा वर्षकै ठूलो वर्ष, करिब ४ सय घर डुवानमा
काठमाडौँमा वर्षकै ठूलो वर्ष, करिब ४ सय घर डुवानमा

तपाईंले छुटाउनुभयो कि?