जिसस कालीकोटमा माओवादी केन्द्र विजयी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण २७, २०७४
|
|
२३ पटक हेरिएको
Shares
जिसस कालीकोटमा माओवादी केन्द्र विजयी

सारांश

  • कालिकोट ।
  • जिल्ला समन्वय समिति कालीकोटमा नेकपा (माओवादी केन्द्र) समूह विजयी भएका छन् ।
  • बिहिबार भएको मतदानमा समितिको प्रमुखमा अनिपाल शाहीले ११ मत ल्याई विजयी भएका हुन् ।

कालिकोट । जिल्ला समन्वय समिति कालीकोटमा नेकपा (माओवादी केन्द्र) समूह विजयी भएका छन् ।

बिहिबार भएको मतदानमा समितिको प्रमुखमा अनिपाल शाहीले ११ मत ल्याई विजयी भएका हुन् ।  उनको निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का प्रेमबहादुर शाहीले छ मत प्राप्त गरेका मुख्य निर्वाचन अधिकृत केशवराज पाण्डेले बताए ।

त्यसैगरी उपप्रमुखमा लक्ष्मी विष्ट (नेपाली) विजयी भएका छन् भने सदस्यमा अनन्त विश्वकर्मा, ऐना शाही, नेत्रराज शाही, अक्कलबहादुर शाही, पान्का दमाई, कमला जैसी र वृख शाही विजयी भएका मुख्य निर्वाचन अधिकृतको कार्यालय  कालीकोटले जनाएको छ । रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?