काठमाडौँमा माइनस तीन डिग्री मापन
सारांश
- काठमाडौँ, पुस २२ ।
- काठमाडौं उपत्यकाको न्यूनतम तापक्रमको विगत अवस्थालाई हेर्दा अहिलेसम्म माइनस ३ डिग्रीभन्दा तल झरेको छैन ।
- मौसम पूर्वानुमान महाशाखाका अनुसार ११ जनवरी १९९८ मा हालसम्मकै सबैभन्दा कम न्यूनतम तापक्रम माइनस ३ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो ।
काठमाडौँ, पुस २२ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रमको विगत अवस्थालाई हेर्दा अहिलेसम्म माइनस ३ डिग्रीभन्दा तल झरेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार ११ जनवरी १९९८ मा हालसम्मकै सबैभन्दा कम न्यूनतम तापक्रम माइनस ३ दशमलव ५ डिग्री सेल्सियस पुगेको थियो ।
अघिल्लो वर्ष १४ जनवरी २०१७ मा शून्य दशमलव ४ डिग्री सेल्सियस तापक्रम रेकर्ड भएको थियो । विगतको अवस्थालाई हेर्दा यसपटक न्यूनतम तापक्रम अझै घट्ने महाशाखाको अनुमान छ ।
महाशाखाका अनुसार काठमाडौंमा गत २० गते न्यूनतम १ दशमलव ५ डिग्री सेल्सियस रहेको थियो भने शुक्रबार र शनिबार १ दशमलव ६ डिग्री रहेको छ । शनिबार सबैभन्दा कम जुम्लामा माइनस ८ दशमलव २ र सबैभन्दा बढी विराटनगरमा ७ दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । जोमसोम र जिरीको तापक्रम शनिबार पनि माइनसमा नै रहेको थियो ।
शनिबार बिहान जोमसोममा माइन ४ दशमलव ७ र जिरीमा माइनस ३ दशमलव ५ डिग्री सेल्सियस तापक्रम मापन गरिएको थियो । यसैगरी, दीपायलको तापक्रम पनि शून्यमा झरेको छ । शनिबार बिहान दीपायलको तापक्र शून्य दशमलव ७ डिग्री सेल्सियस तापक्रम मापन गरिएको महाशाखाले जनाएको छ ।
Jhum Prasad Rai
Chakraji n Nagendraji, mero mobile kaam nalagne rai6a ki tapaiharuko? Update garne or mobile falne samma ko sallah dine kata gaye satjiharu?
अमीर ढुङ्गाना
कस्तो लायो।मैले त नफाल्ने सम्मको सल्लाह दिएको। फाले पनि सजिलो ठाउँमा फाल्नुस भन्ने अहिलेसम्मकै पहिलो ब्यक्ति हुँ म।फेरि काम लाग्न सक्छ।हैन म न भेट्ने गरि फाल्छु भनेको थ्यो
टिका देबकाेटा
रसुवामा पनि माईनस ६ डिग्रि छ
Narayan Prasad Pahadi
अति भो !
Pradip Shrestha
It may be effects of cc.
Tilak Bucha Magar
Jumla na _ 7 pugisakyo hjr
Tilak Bucha Magar
Jumla ma _8
Baldev Budhathoki
Good news जाडाे महिनामा तापक्रम माइनसमा जानू सामान्य प्रक्रिया हाे
Gum Magar
Achhu chhu
Ujwalish Khadgi
Dipa Shahi
Resham Pache
Good
Santaraj Sharma
Chitwane ko kate hola