हुम्लामा वाम गठबन्धन धरापमा

Shikharkhabar Shikharkhabar
|
आइतबार, कार्तिक १२, २०७४
|
|
२३ पटक हेरिएको
Shares
हुम्लामा वाम गठबन्धन धरापमा

सारांश

  • हुम्ला, कात्तिक १२ – हुम्लामा वाम गठबन्धन धरापमा परेको छ ।
  • प्रतिनिधिसभा सदस्य चुनावका लागि एक क्षेत्र रहेको हुम्लामा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका जिल्ला इन्चार्ज छिमी दोर्जे लामा आशाकरले टिकट पाउनुभएको छ ।
  • तर माओवादीकै सल्लाकार सदस्यसमेत रहेका पूर्व मन्त्री छक्कबहादुर लामाले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धन धरापमा परेको हो ।

हुम्ला, कात्तिक १२ – हुम्लामा वाम गठबन्धन धरापमा परेको छ । प्रतिनिधिसभा सदस्य चुनावका लागि एक क्षेत्र रहेको हुम्लामा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका जिल्ला इन्चार्ज छिमी दोर्जे लामा आशाकरले टिकट पाउनुभएको छ । तर माओवादीकै सल्लाकार सदस्यसमेत रहेका पूर्व मन्त्री छक्कबहादुर लामाले स्वतन्त्र उम्मेदवारी दिएपछि गठबन्धन धरापमा परेको हो ।

जिल्लामा माओवादी केन्द्रका नेता कार्यकर्ता दुई भागमा विभाजित भएका छन् । माओवादीका कार्यकर्ता गठबन्धनको तर्फबाट पार्टीका आधिकारिक उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार छक्कबहादुर लामाको पक्षमा चुनावी अभियानमा लागेका छन् ।

गठबन्धनको तर्फबाट  प्रदेशसभा (क) मा नेकपा एमाले पार्टीका जिल्ला अध्यक्ष समेत रहेका दल रावलले आधिकारिक टिकट पाए पनि माओवादी केन्द्रका नेता लालकेश जैसीले बागी उम्मेदवारी दिएर उम्मेदवारी फिर्ता गरेका थिए । बागी उम्मेदवारलाई मनोयन फिर्ताका लागि लामो बहस छलफल भएपनि पूर्व मन्त्री लामाले आफ्नो उम्मेदवारी कायम राखेकाले संघको लागि वाम भित्रै विभाजनको अवस्था देखिएको हो ।

नेकपा एमाले र  माओवादी  वाम गठबन्धनका उम्मेदवार विरुद्ध हुम्लामा माओवादी कै नेताहरुले बागी उम्मेदवारी दिएकाले गठबन्धनमा खटपट देखिएको छ । एकै पार्टीभित्र दुईजनाको उम्मेदवारी परेपछि गठबन्धन कमजोर देखिएको हो ।

नेपाली कांग्रेसका उम्मेदवार मंगलबहादुर शाहीलाई मद्दत पुग्ने जिल्लाका मतदाताको ठम्याइ छ । लामा २०४८ को चुनावमा तत्कालिन जनमोर्चा पार्टीको तर्फबाट  नेपाली कांग्रेसका चक्रबहादुर शाहीलाई जम्मा ८ मतलेपछि पार्दै विजय समेत हुनुभएको थियो । २०७० को संविधानसभा चुनावमा माओवादी केन्द्रबाट चुनाव लडेका उम्मेदवार हुनुहुन्थ्यो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?