स्थगित गरिएको प्रतिनिधिसभाको बैठक बस्दै

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, जेठ १२, २०८०
|
|
२५ पटक हेरिएको
Shares
स्थगित गरिएको प्रतिनिधिसभाको बैठक बस्दै

सारांश

  • काठमाडौँ ।
  • प्रतिनिधिसभाको २० मिनेटका लागि आजलाई स्थगित गरिएको बैठक आजै दिउँसो ३ बजे बस्ने भएको छ ।
  • प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले अबरुद्ध गरेपछि अपराह्न १२ः४५ मिनेटमा २० मिनेटका लागि स्थगित गरिएको थियो ।

काठमाडौँ । प्रतिनिधिसभाको २० मिनेटका लागि आजलाई स्थगित गरिएको बैठक आजै दिउँसो ३ बजे बस्ने भएको छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले अबरुद्ध गरेपछि अपराह्न १२ः४५ मिनेटमा २० मिनेटका लागि स्थगित गरिएको थियो । सङ्घीय संसद् सचिवालयले सूचना टाँस गरी विशेष कारणबस बैठक बस्ने समय परिवर्तन भएको जानकारी गराएको हो ।

आजै बसेको अघिल्लो बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सांसदहरुले पशुपतिनाथ मन्दिरमा लगाइएको जलहरी सुन कि पित्तल भन्ने सरकारले जवाफ नदिएसम्म सदन अघि बढ्न नदिने भन्दै सदन अवरुद्ध गरेका थिए ।

एमालेका प्रमुख सचेतक गिरीले पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला पशुपतिनाथमा लगाएको जलहरी सुन होइन पित्तल हो भनी नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले आरोप लगाएकाले त्यसको जवाफ नआउँदासम्म सदन अघि नबढ्ने बताएका थिए ।

सभामुख घिमिरेले आसनग्रहण गर्न पटक–पटक आग्रह गर्दै बैठक संसदीय प्रक्रियाअनुसार अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरे पनि एमालेका सांसदहरुले रोस्टम घेराउ गर्नुका साथै नाराबाजी गरेका थिए ।

करिब पाँच मिनेटको नाराबाजीपछि पनि सभामुखको आग्रह सुनुवाइ नभएपछि उहाँले बैठक २० मिनेटका लागि बैठक स्थगित गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय काँग्रेसका लागि राहुल गान्धी अन्तिम आशा
विश्व समाचार : यी ‘प्ले ब्वाई’ काे विश्व राजनीति यात्रा
विश्व समाचार : यी ‘प्ले ब्वाई’ काे विश्व राजनीति यात्रा
एकीकृत मुसहर बस्ती बनाउन धुर्मुस सुन्तलीलार्इ अढाई करोड अझै अपुग
एकीकृत मुसहर बस्ती बनाउन धुर्मुस सुन्तलीलार्इ अढाई करोड अझै अपुग
सब्जीमण्डीको ठेक्काप्रति व्यवसायी आक्रोसित ः ठेक्का खारेज नगरे कडा आन्दोलन
सब्जीमण्डीको ठेक्काप्रति व्यवसायी आक्रोसित ः ठेक्का खारेज नगरे कडा आन्दोलन
बाढीपिडितको झनै बिजोक,बाढीग्रस्त क्षेत्रमा हुन थाल्यो लुटपाट,
बाढीपिडितको झनै बिजोक,बाढीग्रस्त क्षेत्रमा हुन थाल्यो लुटपाट,
नाट्टाका पूर्व अध्यक्ष खनाल प्रति श्रद्धान्जली सभा सम्पन्न
नाट्टाका पूर्व अध्यक्ष खनाल प्रति श्रद्धान्जली सभा सम्पन्न
वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले गरे राजनीतिमा आउने घोषणा
वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलले गरे राजनीतिमा आउने घोषणा
इजरायलले पाँच सय नेपाली कामदार लैजाने
इजरायलले पाँच सय नेपाली कामदार लैजाने
ठमेल पर्यटन परिषदको आयोजनामा ‘ठमेल सडक महोत्सव’ हुने
ठमेल पर्यटन परिषदको आयोजनामा ‘ठमेल सडक महोत्सव’ हुने
१४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार
१४ हजार पदमा लोकसेवा खुलाउने गरी विशेष कार्ययोजना तयार

तपाईंले छुटाउनुभयो कि?