नाट्टाका पूर्व अध्यक्ष खनाल प्रति श्रद्धान्जली सभा सम्पन्न

Shikharkhabar Shikharkhabar
|
सोमबार, कार्तिक २७, २०७४
|
|
२१ पटक हेरिएको
Shares
नाट्टाका पूर्व अध्यक्ष खनाल प्रति श्रद्धान्जली सभा सम्पन्न

सारांश

  • नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पूर्व अध्यक्ष यादव प्रसाद खनालको स्वर्गारोहण भएको तेह्रौं दिनको पूण्यतिथिमा सोमवार एक श्रद्धान्जली सभा आयोजना गरेको छ ।
  • तत्कालिन समयमा सीता ट्राभल प्रा.
  • लि.

नेपाल एशोशियसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले पूर्व अध्यक्ष यादव प्रसाद खनालको स्वर्गारोहण भएको तेह्रौं दिनको पूण्यतिथिमा सोमवार एक श्रद्धान्जली सभा आयोजना गरेको छ । तत्कालिन समयमा सीता ट्राभल प्रा.लि.का सञ्चालक रहेका खनाल सन १९६८ देखि १९७० सम्म नाट्टाको अध्यक्ष रहेका थिए ।

श्रद्धान्जली सभामा नाट्टाका पूर्व अध्यक्षहरु आर.एम.सिंह,ध्रुवनारायण श्रेष्ठ,रामकाजी कोने,अर्जुन शर्मा,वरिष्ठ पर्यटन व्यवसायि विक्रम पाण्डे,श्याम प्रसाद थपलिया लगायत नाट्टाका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । उपस्थित सवैले खनालको तस्विरमा फुल अर्पण गरि श्रद्धान्जली व्यक्त गरेका थिए ।

श्रद्धान्जली सभामा बोल्दै नाट्टाका अध्यक्ष मधुसुदन आचार्यले खनाललाई आँफुले एक स्पष्ट वक्ताको रुपमा पाएको वताए । त्यस्तै नाट्टाका पुर्व अध्यक्ष आर.एम.सिंहले नाट्टाको स्थापना गर्न खनालको भुमिका महत्वपूर्ण रहेको स्मरण गरे । नाट्टाका प्रथम उपाध्यक्ष सि.एन पाण्डेले अग्रजहरुको सम्मानका लागी नाट्टाले यो संस्कार सुरु गरेको वताए । श्रद्धान्जली सभाको सञ्चालन नाट्टाका महासचिव भिम प्रसाद पन्तले गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?