प्रधानमन्त्री प्रचण्डले आजदेखि भारतको औपचारिक भ्रमण गर्दै उर्जा र व्यापार विषेश प्राथमिकतामा
सारांश
- काठमाडौं।
- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजबाट भारतको औपचारिक भ्रमण गर्दै छन्।
- चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली जान लागेका हुन्।
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आजबाट भारतको औपचारिक भ्रमण गर्दै छन्। चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली जान लागेका हुन्।
तेश्रो पटक प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्री प्रचण्डको यो पहिलो विदेश भ्रमण हो। प्रधानमन्त्रीले भ्रमणको औपचारिक टुंगो लागे लगत्तै दुई देशबीच हुने वार्ता र छलफलका विषयमा राष्ट्रिय राजनीतिक दलहरुबीच छलफल गरेका थिए।
भ्रमणमा दुई देशबीचको सम्बन्ध विस्तार लगायत व्यपार प्रवर्धनका विषयमा महत्वपूर्ण निर्णय हुने जनाइएको छ। प्रधानमन्त्रीको भ्रमणका बारेमा परराष्ट्र मन्त्रालयलले पत्रकार सम्मेलन गर्दै मुख्य प्राथमिकता उर्जा व्यापार भएको जानकारी दिएको छ।
प्रधानमन्त्रीको भ्रमण दलमा ५ जना संघीय मन्त्रीहरु सहभागी हुनेछन्। भ्रमणमा मन्त्रीहरु डाक्टर प्रकाश शरण महत, शक्तिबहादुर बस्नेत, एनपी साउद, प्रकाश ज्वाला र रमेश रिजाल सहभागी हुनेछन्।
प्रतिक्रिया