गठबन्धनमा भागबण्डाको सकस, बाबुरामलाई गोरखामा रोक्ने माओवादी रणनीति,

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन २६, २०७४
|
|
४४ पटक हेरिएको
Shares
गठबन्धनमा भागबण्डाको सकस, बाबुरामलाई गोरखामा रोक्ने माओवादी रणनीति,

सारांश

  • निर्वाचन क्षेत्र बाँडफाँट कार्यदल होस् या शीर्ष नेताको सूचीबाट उमेदवारको नाम र आफ्नो पार्टीले चुनाव जित्ने सहज मानिएको क्षेत्रले गर्दा वाम गठबन्धनले आजसम्म पनि निर्वाचन क्षेत्र बाँडफाँट गर्न सकेको छैन ।
  • ४ दिनदेखि लगातार ललितपुरमा रहेको होटल समीटमा भएको छलफलमा पनि निर्वाचन क्षेत्रबारे कुनै टुंगो लगाउन नसकेपछि कार्यदलले पहिले समानुपातिक सूची तयार पार्ने प्रयास गरेको छ ।
  • समानुपातिक सूची बुझाएपछि मात्रै बाँकी रहेको काम सक्ने तयारी भएको कार्यदलका एक सदस्यले जानकारी दिए ।

निर्वाचन क्षेत्र बाँडफाँट कार्यदल होस् या शीर्ष नेताको सूचीबाट उमेदवारको नाम र आफ्नो पार्टीले चुनाव जित्ने सहज मानिएको क्षेत्रले गर्दा वाम गठबन्धनले आजसम्म पनि निर्वाचन क्षेत्र बाँडफाँट गर्न सकेको छैन ।

४ दिनदेखि लगातार ललितपुरमा रहेको होटल समीटमा भएको छलफलमा पनि निर्वाचन क्षेत्रबारे कुनै टुंगो लगाउन नसकेपछि कार्यदलले पहिले समानुपातिक सूची तयार पार्ने प्रयास गरेको छ ।

समानुपातिक सूची बुझाएपछि मात्रै बाँकी रहेको काम सक्ने तयारी भएको कार्यदलका एक सदस्यले जानकारी दिए । कार्यदलमा रहेका सदस्यले व्यक्तिपिच्छे उमेदवारको सूची पेस गरेपछि पनि केही समस्या परेको ती सदस्यको दाबी छ ।

उता समानुपातिक सूची बुझाउने समय नजिकिएकाले निर्वाचन क्षेत्र बाँडफाँटको काम थाती राखेर समानुपातिक सूची तयार पार्ने काम भैरहेको नेताहरूले जनाएका छन् ।

“हामीले काम गर्दैछौं, २९ गते समानुपातिक उमेदवारको सूची बुझाउनुपर्ने भएकाले पहिले त्यसको तयारी गर्दैछौं,” कार्यदलका सदस्य ईश्वर पोखरेलले भने ।

कार्यदलका अर्का सदस्य वर्षमान पुन अनन्तले पनि केहीदिनभित्रै उमेदवारी टुंगो लगाउने काम भैरहेको बताए । उनले पार्टीभित्र पनि आन्तरिक छलफल गरेर निर्णय लिनुपर्ने र आकांक्षी बढी हुँदा केही समस्या परेको बताए ।

उनले आफ्नो पार्टीमा आन्तरिक छलफल गरेर सूची तयार गरिसकेको जानकारी दिँदै कार्यदलले छिटै यो विषय टुंगो लगाउने बताए ।

यसैबीच वाम गठबन्धनको एउटा घटक नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईलाई गोरखा छाड्न नसकिने निष्कर्षमा माओवादीले अडान राखेको स्रोतले जानकारी दियो ।

बुधबारको बैठकमा माओवादीले गोरखामा नभई काठमाडौंमा दिन सकिने प्रस्ताव राखेको थियो ।

त्यसपछि भट्टराई आक्रोशित भएको स्रोतले जानकारी दियो । स्रोतकाअनुसार भट्टराईले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि यसबारेमा कुराकानी गरेका थिए ।

भट्टराईले यसअघि भएको सहमतिअनुसार १५ सिट पाउनुपर्ने अडान राखे पनि ओलीले अहिलेलाई अफ्ठेरो परेको बताउँदै समस्या बुझिदिन आग्रह गरेका थिए ।

नयाँ शक्तिका एक नेताकाअनुसार अहिले पर्ख र हेरको अवस्थामा नयाँ शक्ति रहेको छ । वाम गठबन्धनले सहमति तोडे एक्लै उमेदवारी दिने तयारी पनि भएको स्रोतले जानकारी दियो ।
यता नयाँ शक्ति पार्टीकी नेतृ हिसिला यमीले भने माओवादीले दिने र आफुहरु लिने अवस्थामा नरहेको बताइन् । माओवादीले रोक्न खोजेर पनि नसक्ने उनको भनाई थियो ।  उनले कुनै पनि हालतमा बाबुरामले गोरखा  नछाड्ने जिकीर समेत गरिन् । उनले घुमाउरो पारामा गठबन्धनबाट नभए नयाँ शक्तिबाटै भए पनि गोरखाबाटै चुनाव लड्ने बताइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रियसभाको विषयगत समिति गठन, काे काे परे समितिमा ?
राष्ट्रियसभाको विषयगत समिति गठन, काे काे परे समितिमा ?
कात्तिकमै हुम्लामा हिमपात, तापक्रम माइनसमा झर्याे !
कात्तिकमै हुम्लामा हिमपात, तापक्रम माइनसमा झर्याे !
आज विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित
आज विश्व क्षयरोग दिवस : नेपालमा ३२ हजार क्षयरोगी उपचारबाट वञ्चित
कोशी सरकारविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
कोशी सरकारविरुद्ध मुद्दाको सुनुवाइ स्थगित
चिकित्सकको आन्दोलनमा भाइब्रेन्ट र नेमका विद्यार्थीलाई गराइयो जबर्जस्ती सहभागी
चिकित्सकको आन्दोलनमा भाइब्रेन्ट र नेमका विद्यार्थीलाई गराइयो जबर्जस्ती सहभागी
विश्वकप फुुटबल २०१८: एम्बाप्पेको तीब्र बेगमा मोडरिच बग्लानकि उत्रेलान  ?
विश्वकप फुुटबल २०१८: एम्बाप्पेको तीब्र बेगमा मोडरिच बग्लानकि उत्रेलान ?
त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट चार किलो सुनसहित चिनियाँ पक्राउ
श्रीलंकामाथि नेपालको सानदार जित, श्रीलंका ४ गोल अन्तरले पराजित
श्रीलंकामाथि नेपालको सानदार जित, श्रीलंका ४ गोल अन्तरले पराजित
प्रदेशमा एमाले र माओवादीको भागबण्डा मिल्यो, प्रदेश र जिल्ला कमिटी कसलाई कति ? (सूचीसहित)
प्रदेशमा एमाले र माओवादीको भागबण्डा मिल्यो, प्रदेश र जिल्ला कमिटी कसलाई कति ? (सूचीसहित)
आइसिसी क्रिकेट विश्वकप लिग-२: नेपाल अमेरिकासँग पराजित
आइसिसी क्रिकेट विश्वकप लिग-२: नेपाल अमेरिकासँग पराजित