ह्यारीको विवाहको निम्तो ट्रम्पले पाए ?

Shikharkhabar Shikharkhabar
|
आइतबार, माघ १४, २०७४
|
|
३४ पटक हेरिएको
Shares
ह्यारीको विवाहको निम्तो ट्रम्पले पाए ?

सारांश

  • अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ब्रिटेनका राजकुमार ह्यारी र मेगन मार्कलको विवाहमा सहभागी हुन आफूलाई कुनै निम्तो आएको जानकारी नभएको बताएका छन् ।
  • मे महिनाको १९ तारिखमा हुने विवाहबारे उनले कुनै निम्तो पाएका छन् कि छैनन् भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले आफूलाई त्यसबारे थाहा नभएको बताएका हुन् ।
  • अमेरिकी अभिनेत्री मार्कल सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावकी डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलरी क्लिन्टनकी समर्थक थिइन् ।

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले ब्रिटेनका राजकुमार ह्यारी र मेगन मार्कलको विवाहमा सहभागी हुन आफूलाई कुनै निम्तो आएको जानकारी नभएको बताएका छन् ।

मे महिनाको १९ तारिखमा हुने विवाहबारे उनले कुनै निम्तो पाएका छन् कि छैनन् भन्ने प्रश्नमा राष्ट्रपति ट्रम्पले आफूलाई त्यसबारे थाहा नभएको बताएका हुन् ।

अमेरिकी अभिनेत्री मार्कल सन् २०१६ को अमेरिकी राष्ट्रपतीय चुनावकी डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलरी क्लिन्टनकी समर्थक थिइन् ।

उनले ट्रम्प महिला विरोधी र विभाजक भएको बताएकी थिइन् ।

‘मायालु जोडी’

आइटिभीका लागि पिएर्स मोर्गनसँगको अन्तर्वार्ताका क्रममा ट्रम्पले राजकुमार ह्यारी र मार्कल ‘मायालु जोडी’ जस्तो देखिएको बताए ।

विवाहमा उनी उपस्थित हुन चाहन्छन् कि चाहँदैनन् भन्ने प्रश्नमा ट्रम्पले भनेका थिए, “म उनीहरू खुशी होउन् भन्ने चाहन्छु, म साँच्चै उनीहरू खुशी होउन् भन्न चाहन्छु। उनीहरू मायालु जोडी जस्तो देखिन्छन् ।”

राजकुमार ह्यारी र मार्कलले विन्डजर क्यासलमा विवाह गर्नेछन् ।

प्रस्ताव

स्वीटजरल्याण्डको डाभोसमा भएको विश्व आर्थिक मञ्चको बैठकमा सहभागी हुन गएका बेला मोर्गनले ट्रम्पसँग अन्तर्वार्ता लिएका थिए ।

डाभोसमै ट्रम्पले ब्रिटेनकी प्रधानमन्त्री टरिजा मेसँग पनि बैठक गरेका थिए ।

मोर्गनले सामाजिक सञ्जाल ट्वीटरमा ट्रम्पले आफूलाई यो वर्ष ब्रिटेनको दुईपटक भ्रमण गर्न प्रधानमन्त्री मे ले प्रस्ताव गरेको बताएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Hari Hancy Hero

    Badae

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?