सम्पत्तिका लागि श्रीमानले गरे श्रीमतीको हत्या

Shikharkhabar Shikharkhabar
|
बुधबार, श्रावण १०, २०८०
|
|
२४ पटक हेरिएको
Shares
सम्पत्तिका लागि श्रीमानले गरे श्रीमतीको हत्या

सारांश

  • बारा ।
  • बारामा सम्पत्तिको लोभमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
  • भारत, बिहार राज्यको पूर्वी चम्पारण ढाका ग्राम पञ्चायत पोष्ट पचपकडी–१४ बस्ने ३१ वर्षीय महम्मद अमिनुल्लाले २२ वर्षीय आफ्नी श्रीमती आसमिन खातुनलाई छुरीले घाँटी रेटी हत्या गरेको निमित्त प्रहरी प्रवक्ता जयकृष्णप्रसाद कुर्मीले जानकारी दिए ।

बारा । बारामा सम्पत्तिको लोभमा एक व्यक्तिले आफ्नै श्रीमतीको हत्या गरेका छन् । भारत, बिहार राज्यको पूर्वी चम्पारण ढाका ग्राम पञ्चायत पोष्ट पचपकडी–१४ बस्ने ३१ वर्षीय महम्मद अमिनुल्लाले २२ वर्षीय आफ्नी श्रीमती आसमिन खातुनलाई छुरीले घाँटी रेटी हत्या गरेको निमित्त प्रहरी प्रवक्ता जयकृष्णप्रसाद कुर्मीले जानकारी दिए ।

सिम्रौनगढ नगरपालिका–६ बजारमा ससुरा जाहिर मियाँको घरमा तीन बच्चा, श्रीमतीसहित बस्दै आएको भए पनि पटक–पटक ससुरालीमा रहेको सम्पत्ति बिक्री गरी भारतमा जान दबाब दिँदै आएको तर श्रीमती भारत जान नमानेपछि झै–झगडा हुने गरेको प्रहरीले जनाएको छ ।

ससुराको छोरा नभएको हुनाले त्यो सम्पत्ति सबै आफ्नै होस् भने नियतका साथ अमिनुल्ल्लाले श्रीमतीको हत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान रहेको भए पनि घटनाका बारेमा सत्यतथ्य छानविन भइरहेको प्रहरी उपरीक्षक होमिन्द्र बोगटीले जानकारी दिए ।

हत्या गर्ने अमिनुल्लालाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक आसमिन खातुनका दुई छोरा र एक छोरी रहेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जुवा खेल्दै गरेका ११ पक्राउ, दुई लाख ६५ हजार नगद बरामद
जुवा खेल्दै गरेका ११ पक्राउ, दुई लाख ६५ हजार नगद बरामद
पुरानै गठबन्धन ब्युँताउने तयारी
पुरानै गठबन्धन ब्युँताउने तयारी
चुरे फेदमा फनपार्क निर्माण तीव्र
चुरे फेदमा फनपार्क निर्माण तीव्र
महिला शसक्तिकरणका लागि “स्टेम” कार्यशाला
महिला शसक्तिकरणका लागि “स्टेम” कार्यशाला
बर्तमान संघियता कुनै पनि हालतमा खारेज हुदैन:सभामुख महरा
स्थानीय तहको विकास र विस्तारका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घबीच समझदारी
स्थानीय तहको विकास र विस्तारका लागि संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल उद्योग वाणिज्य महासङ्घबीच समझदारी
सानेपा हत्याकाण्डको पोष्टमार्टम रिपोर्टले यौन दुर्व्यवहारको संकेतसम्म नभएको ठहर
सानेपा हत्याकाण्डको पोष्टमार्टम रिपोर्टले यौन दुर्व्यवहारको संकेतसम्म नभएको ठहर
लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिँदा पक्राउ
लाइसेन्स बनाइदिन्छु भन्दै रकम लिँदा पक्राउ
प्रधानमन्त्री देउवा एकाबिहानै बालुवाटार सरे,,
प्रधानमन्त्री देउवा एकाबिहानै बालुवाटार सरे,,
डा. गोविन्द केसी आक्रोशित, स्वास्थ्य जाँच गर्न अस्वीकार
डा. गोविन्द केसी आक्रोशित, स्वास्थ्य जाँच गर्न अस्वीकार

तपाईंले छुटाउनुभयो कि?