नारायणगढ–मुग्लिन सडक खण्डका तीन पुल यसै महिना सञ्चालनमा आउने

Shikharkhabar Shikharkhabar
|
बुधबार, जेठ १७, २०८०
|
|
२३ पटक हेरिएको
Shares
नारायणगढ–मुग्लिन सडक खण्डका तीन पुल यसै महिना सञ्चालनमा आउने

सारांश

  • चितवन ।
  • नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन तीन नयाँ पुल यसै महिनाबाट सञ्चालनमा आउने भएका छन् ।
  • सो सडक खण्डमा रहेका १९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा रहेका छन् ।

चितवन । नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणाधिन तीन नयाँ पुल यसै महिनाबाट सञ्चालनमा आउने भएका छन् । सो सडक खण्डमा रहेका १९ पुलमध्ये हाल १५ पुल निर्माणका क्रममा रहेका छन् ।

नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का आयोजना प्रमुख किरण कार्कीका अनुसार सेतीदोभान, डुम्रे र बालुवा पुल यसै महिनाबाट सञ्चालनमा आउने गरी काम भइरहेको छ ।

सेतीदोभानको पुलमा रङ्ग लगाउन र बाह्य भागमा रेलिङ् राख्न बाँकी छ । डुम्रे र बालुवा पुलको सबै भागमा रेलिङ, कालोपत्र र रङ्ग लगाउन बाँकी रहेको छ । कार्कीले भने, “सबै काम सकेर जेठ मसान्तभित्रमा तीनवटै पुल सञ्चालन गर्ने योजना रहेको छ ।”

अन्य चार पुललाई असार मसान्तसम्म सम्पन्न गर्ने गरी काम भइरहेको छ । पुल बनाउने ठाउँको पहाड विस्फोट गर्नुपर्ने भएकाले तुइन खोलाको पुलको काम सुरु भएको छैन । मुआब्जा वितरण गरेर खहरे खोलाको पुलको काम सुरु भएको छ । कार्कीका अनुसार तुइन खोलाको पुलबाहेक अन्य बाँकी रहेका पुल कात्तिक मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

तुइन खोलाको पुल निर्माण गर्ने ठाउँको ढिस्को विस्फोटको प्रक्रियामा रहेको छ । यो पुलको भने टुङ्गो लाग्न सकेको छैन । कार्कीका अनुसार पुल निर्माणका लागि अनक कन्स्ट्रक्सनलाई थप गरेको एक वर्षको समय यही २०८० सालको पुस मसान्तसम्ममा सकिँदै छ । विसं २०७६ को चैतमा रु एक अर्ब २७ करोडको लागतमा पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । तीन वर्षका लागि दुई प्याकेज बनाएर ठेक्का लगाइएकामा दुवै प्याकेज अनक कन्स्ट्रक्सनले पाएको थियो ।

नक्साङ्कनसहित पुल निर्माणका लागि ठेक्का लगाइएको हो । निर्धारित समयमा काम नसकिएपछि एक वर्ष समय थप गरिएको थियो । विश्व बैंकको सहयोगमा पुल निर्माण गरिएको हो । पुलको गाडी गुड्ने ठाउँ सात दशमलव पाँच मिटर फराकिलो छ । दायाँबायाँ फुटपाथसहित गरेर नौदेखि ११ मिटर पुल फराकिलो रहेको छ ।

केही पुल भौगोलिक कारणले नौ मिटरमात्र फराकिलो बनाइएको छ भने धेरै पुल ११ मिटरका छन् । पुल निर्माण गरिने ठाउँमा २६ टहरा रहेका छन् । ती टहरालाई मुआब्जा दिएर व्यवस्थापन गर्ने काम भइरहेको छ । सबै घरटहरा व्यवस्थापन गर्दा रु ९७ लाख भुक्तानी गर्नुपर्ने हुन्छ । हालसम्म १६ घरटहराको मुआब्जा दिएर हटाइसकिएको छ ।

सो सडक खण्डका चार पुल यसअघि नै निर्माण गरी सञ्चालनमा आएका छन् । सडक खण्ड विस्तार गरेसँगै पुराना पुल भएका ठाउँमा नयाँ पुल निर्माण सुरु गरिएको हो । यसै सडक हुँदै दैनिक १० हजार हाराहारी सवारी आवागमन हुने गर्छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलालीमा माओवादी उम्मेदवारको घरमा बम विस्फोट.
कैलालीमा माओवादी उम्मेदवारको घरमा बम विस्फोट.
प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रु : मन्त्री बस्नेत
प्लास्टिकजन्य पदार्थ मानव सभ्यताकै सत्रु : मन्त्री बस्नेत
राष्ट्रपतिको कदमबारे कानुन्विद्हरुले सरकारलाई के दिए सुझाब ?
राष्ट्रपतिको कदमबारे कानुन्विद्हरुले सरकारलाई के दिए सुझाब ?
Latest Update अविरल वर्षाले १७ जनाको मृत्यु, विस्तृत विवरण आउन बाँकी
Latest Update अविरल वर्षाले १७ जनाको मृत्यु, विस्तृत विवरण आउन बाँकी
पदभार सम्हालेपछि सभामुख सापकोटाले भने : एमसिसीबारे हतार गर्नुपर्दैन्
पदभार सम्हालेपछि सभामुख सापकोटाले भने : एमसिसीबारे हतार गर्नुपर्दैन्
यी डाक्टर साब नअाए राप्रपा र राप्रपा प्रजातान्त्रिकको एकता
यी डाक्टर साब नअाए राप्रपा र राप्रपा प्रजातान्त्रिकको एकता
प्रतिशोधका कारण भागरथीको बलात्कार पछि हत्या
प्रतिशोधका कारण भागरथीको बलात्कार पछि हत्या
आज लोकतन्त्र दिवस, २४० वर्षे राजतन्त्र ढलेको १३ वर्ष पूरा
आज लोकतन्त्र दिवस, २४० वर्षे राजतन्त्र ढलेको १३ वर्ष पूरा
काठमाडौँ उपत्यकामा विहान ९ बजेसम्म वर्क्सप खुल्ने
काठमाडौँ उपत्यकामा विहान ९ बजेसम्म वर्क्सप खुल्ने
कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि प्रभावकारी समाचार प्रवाह गर्न निर्देशन
कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि प्रभावकारी समाचार प्रवाह गर्न निर्देशन

तपाईंले छुटाउनुभयो कि?