पदभार सम्हालेपछि सभामुख सापकोटाले भने : एमसिसीबारे हतार गर्नुपर्दैन्

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ १३, २०७६
|
|
२३ पटक हेरिएको
Shares
पदभार सम्हालेपछि सभामुख सापकोटाले भने : एमसिसीबारे हतार गर्नुपर्दैन्

सारांश

  • काठमाडौं, १३ माघ ।
  • प्रतिनिधिसभाका नवनिर्वा्चित सभामुख अग्निप्रसाद सापकोटाले पदभार सम्हालेका छन् ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ खाएलगत्तै सभामुखको कार्यालयमा पुगेर उनले आफ्नो पदभार सम्हालेका हुन् ।

काठमाडौं, १३ माघ । प्रतिनिधिसभाका नवनिर्वा्चित सभामुख अग्निप्रसाद सापकोटाले पदभार सम्हालेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ खाएलगत्तै सभामुखको कार्यालयमा पुगेर उनले आफ्नो पदभार सम्हालेका हुन् ।

सभामुख सापकोटाले एमसीसीबारे सोधिएको प्रश्नमा भने,‘अहिले यसबारेमा बहस भइरहेको छ, यसमा हतार गर्नु पर्दैन् । एउटा बहस छेडिएको छ । यसलाई केही हतार गर्नु पर्दैन ।’ उनले आफूले विषयवस्तु्बारे गहन अध्ययन गर्ने र अनिमात्रै प्रतिक्रिया दिने विश्वास दिलाए ।

सापकोटाले आफूविरूद्ध व्यक्ति हत्याबारे सर्वोच्च अदालतमा रहेको मुद्दाबारे केही नबोल्ने टिप्पणी गरे । सापकोटाले पत्रकारहरूसँग कुराकानी गर्दै आफूविरूद्धको मुद्दाबारे अहिले केही नबोल्ने बताएका हुन्। सभामुख सापकोटाले भने,‘मुद्दा सर्वोच्चमा छ अहिले केही नबोलौं ।’ तस्विर स् मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?