राष्ट्रपतिको कदमबारे कानुन्विद्हरुले सरकारलाई के दिए सुझाब ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, आश्विन ६, २०७९
|
|
५६ पटक हेरिएको
Shares
राष्ट्रपतिको कदमबारे कानुन्विद्हरुले सरकारलाई के दिए सुझाब ?

सारांश

  • काठमाण्डौ ।
  • राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गरेको छ ।
  • बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा कानुनविद्हरुले राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै कानूनी बाटो खोज्न सुझाव दिएका छन् ।

काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेर संवैधानिक व्यवस्था उल्लंघन गरेपछि सत्ता गठबन्धनले कानुनविद्सँग छलफल गरेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलका क्रममा कानुनविद्हरुले राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै कानूनी बाटो खोज्न सुझाव दिएका छन् ।

त्यस्तै उनीहरुले संविधानले दिएको भूमिका राष्ट्रपतिले प्रभावकारी रुपमा खेल्न नसकेको समेत बताएका छन् । छलफलपछि अखिल नेपाल कानून व्यबसायी संघको अध्यक्ष एवं अधिवक्ता पदम रोकाले दोश्रो पटक पारित गरेर बिधेयक पारित गरेर पठाएपछि रोक्ने अधिकार राष्ट्रपतिमा नरहेको बताए । उनले संवैधानिक व्यवस्था भन्दा बाहिर राष्ट्रपति जान नमिल्ने भएपनि अहिले राष्ट्रपतिबाट नै संवैधानिक व्यवस्था उलंघन भएको बताएको उल्लेख गरे ।

त्यस्तै छलफल पछि सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले संवैधानिक, कानूनी परार्शका लागि कानूनबिद्हरुसंग छलफल गरेको र राष्ट्रपतिले असंवैधानिक काम गरेको सुझाव आएको बताए । कानूनविदहरुको सुझाव गठबन्धनमा पुन छलफल हुने र आवश्यक निष्कर्षमा पुगिने उनले बताए ।

राष्ट्रपति भण्डारीले संघीय संसदका दुबै सदनबाट दोस्रोपटक पारित गरेर पठाएको नागरिकता विधेयक प्रमाणीकरण नगरेपछि गठबन्धनले यस बिषयमा कानूनी राय लिएको हो ।

(Xanax)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सडकमा यस्तो अवस्थामा भेटिइन् दीपिका, भिडियोमा हेर्नुहोस् चिन्नै मुश्किल हुनेछ
सडकमा यस्तो अवस्थामा भेटिइन् दीपिका, भिडियोमा हेर्नुहोस् चिन्नै मुश्किल हुनेछ
Nauru refugee camp doctor removed as pressure on Australia mounts !
Nauru refugee camp doctor removed as pressure on Australia mounts !
प्रस्तावित प्रधानन्यायाधीश जबराविरुद्ध ९ उजुरी
प्रस्तावित प्रधानन्यायाधीश जबराविरुद्ध ९ उजुरी
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा हुने
विहेको अघिल्लो दिनदेखि सम्पर्कविहीन खरेल भारतमा
विहेको अघिल्लो दिनदेखि सम्पर्कविहीन खरेल भारतमा
​नेपाल आइडल आयोजकलाई गाली गर्ने व्यक्तिको सूचि प्रहरीमा बुझाउने तयारी
​नेपाल आइडल आयोजकलाई गाली गर्ने व्यक्तिको सूचि प्रहरीमा बुझाउने तयारी
तमु ल्होसार २०७५ को अवसरमा मुख्यमन्त्री राई बाट शुभकामना व्यक्त
तमु ल्होसार २०७५ को अवसरमा मुख्यमन्त्री राई बाट शुभकामना व्यक्त
नेकपाको सर्वसम्मत टुंगिएको जिल्लामा क-कसले गर्दैछ नेतृत्व (सूचीसहित)
नेकपाको सर्वसम्मत टुंगिएको जिल्लामा क-कसले गर्दैछ नेतृत्व (सूचीसहित)
गोक्यो हिमतालमा विद्यार्थीको शव निकाल्न मुस्किल
गोक्यो हिमतालमा विद्यार्थीको शव निकाल्न मुस्किल
सरकार संग यस्ताे शर्तमा छुटे सिन्डिकेटका ठेकेदार !
सरकार संग यस्ताे शर्तमा छुटे सिन्डिकेटका ठेकेदार !