एकाएक प्रचण्ड निवास किन पुगे बाबुराम ?
सारांश
- काठमाडौं, पुस १६ ।
- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईबीच आइतबार बिहान भेटवार्ता भएको छ ।
- बिहान १० प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।
काठमाडौं, पुस १६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड ‘ र नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईबीच आइतबार बिहान भेटवार्ता भएको छ । बिहान १० प्रचण्ड निवास खुमलटारमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो ।
चुनावअघि वाम गठबन्धनमा आबद्ध भएरपछि बाहिरिएका भट्टराईको प्रचण्डसँगको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । नयाँ सरकारमा बाबुरामलाई पनि सहभागी गराउने हल्लालाई आजको प्रचण्डसँगको भेटले थप पृष्ठपाेषण गरेको छ ।
प्रचण्डलाई भेट्न पूर्वप्रधानमन्त्री भट्टराई पत्नी हिसिला यमीसहित खुमलटार पुगेका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया