पूर्व सांसद रौनियार ठगीको आरोपमा पक्राउ
सारांश
- काठमाडौं ।
- पूर्व सांसद एवं पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार पक्राउ परेका छन् ।
- बाँकेमा ठगीको उजुरी परेपछि अनुसन्धानका लागि रौनियारलाई प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं । पूर्व सांसद एवं पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार पक्राउ परेका छन् ।
बाँकेमा ठगीको उजुरी परेपछि अनुसन्धानका लागि रौनियारलाई प्रहरीले पक्राउ गरेको हो । उनलाई प्रहरी वृत्त, बानेश्वरको टोलीले पक्राउ गरेको हो ।
उनलाई काठमाडौंमा पक्राउ गरिएको र बाँके पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ। उनी भ्रष्टाचार मुद्दामा परेपछि निलम्बन भएका थिए ।
जसपाबाट निर्वाचित भएका रौनियार पुल निर्माणमा भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर भएपछि निलम्बित भएका थिए ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया