दिलबहादुर बचाउन मलेसियामा तीन लाख संकलन

Shikharkhabar Shikharkhabar
|
मंगलबार, आषाढ ५, २०७५
|
|
३३ पटक हेरिएको
Shares
दिलबहादुर बचाउन मलेसियामा तीन लाख संकलन

सारांश

  • उमेश बन्जाडे, ५ असार ।
  • सुन्दर जीवनको सपना सजाएर ऋण , धन गर्दै परदेश पसेका एक रोल्पाली युवक यतिबेला साउदी अरबको जेलमा छन् ।
  • काखका दुई नाबालक छोराछोरी घरमै छाडेर उनकी जीवन संगिनि श्रीमानको ज्यान बचाइदिन हारगुहार गर्दै हिँडिरहेकि छिन् ।

उमेश बन्जाडे, ५ असार । सुन्दर जीवनको सपना सजाएर ऋण , धन गर्दै परदेश पसेका एक रोल्पाली युवक यतिबेला साउदी अरबको जेलमा छन् ।

काखका दुई नाबालक छोराछोरी घरमै छाडेर उनकी जीवन संगिनि श्रीमानको ज्यान बचाइदिन हारगुहार गर्दै हिँडिरहेकि छिन् । र यसैबेला देश तथा विदेशमा रहेका सहयोगी मनहरुले आफुसक्दो रकम जुटाएर बाबुको बाटो कुरेका ती कलिला बालबालिकाको सपनालाई साकार बनाउन जुटिरहेका छन् ।

मलेसियामा कार्यरत रोल्पाकै प्रगतिशील युवा रुपधन घर्तिमगर ;शुकुमार’ लगाएतका युवाहरु यतिबेला ;दिलबहादुर बचाउ’ अभियानलाई सफल पार्न कम्मर कसेर लागेकाछन् । ‘दिलबहादुर घर्ती बचाउ’ अभियान मलेसियाले हालसम्म तिनलाख बढी रकम संकलन गरेको छ।

अदालतले तोकेको ब्लडमनी तिर्न नसकेर साउदी अरबको जेलमा रहेका धवाङ ५, रोल्पाका दिलबहादुर घर्तीमगरलाई मृत्यदण्डबाट बचाउन उक्त रकम संकलन गरिएको हो । ‘दिलबहादुर बचाउ ब्लडमनी संकलन अभियान २०७५ मुल समिति सदस्य रुपधन घर्ती मगर (शुकुमार ), राजकुमार बुढा मगर (शुगम ) र चन्द्रबहादुर घर्ती मगरको नेतृत्वमा उठेको तीन लाख २६ हजार ६ सय ७३ रुपैयाँ नेपाली जनप्रगतिशील मञ्च मलेसियाका इन्चार्ज रमेश प्रसाद तिवारीको रोहबरमा नेपालमा क्रियाशिल मूल समितिलाई हस्तान्तरण गरिएको छ ।

मलेसियाका नेपालीहरुबाट संकलित उक्त रकम ‘दिलबहादुर घर्ती बचाउनको लागि ब्लडमनी संकलन अभियान–२०७५’ मूल समितिको खातामा जम्मा भएको अभियानका संयोजक दिपेश पुनले जानकारी दिएकाछन्। दिलबहादुरको जीवन रक्षाका लागि मलेसियामा आर्थिक संकलन अभियानको नेतृत्व गरिरहेका मुल समिति सदस्य तथा अभियान्ता रुपधन घर्तीले समेत मलेसियाबाट तीन लाख २६ हजार ६ सय ७३ रकम मूल समितिको खातामा जम्मा गरिएको जानकारी दिए ।

त्यस्तै दिलबहादुर घर्ती बचाउ अभियान मूल समितिका सदस्य राजकुमार बुढामगरले पहिलो चरणमा मलेसियामा संकलित रकम नेपालमा कार्यरत मूल समितिलाई हस्तान्तरण गरिएको जानकारी दिए । उनले भने ‘म आफै पनि रोल्पाको हुँ, दिलबहादुर घर्तीको जीवन रक्षाका लागि मलेसियामा रहेका नेपालीहरुले मन खोलेर सहयोग गरिरहनुभएको छ,’। अर्का सदस्य चन्द्रबहादुर घर्तीले पहिलो चरणमा संकलन गरेको रकम मूल समितिको खातामा गरेको स्पष्ट पार्नुभयो । आवश्यक रकम अझै अपुग भएकोले अभियान भने जारी रहने दिलबहादुर घर्ती बचाउ’अभियान मलेसियाले जनाएको छ।

त्यस्तै मुल समिति मलेसियाका अनुसार अभियानका सक्रिय अभियान्ता र संकलित रकम यसरी उल्लेख गरिएको छ।
अर्जुन घर्ती मगरको नेतृत्वमा आर एम . २,५५९/-
सहयोगी अभियान्ताहरु।
१ प्रेम घर्ती मगर ‘विस्फोट’
२ उमेश कुमार
३ याम बहादुर डाँगी

४ रुपलाल सुनार
मुल समिति सदस्य रुपधन घर्ती ‘शुकुमार’ को नेतृत्वमा आर एम . २,५३२ 
गोबिन्द क्षेत्री महराको नेतृत्वमा आर एम. २,११७
सहयोगी अभियान्ताहरु ।
टंक जि सि ,सुरेश डागी , मीन बहादुर घर्ती ,प्रकाश थापाको नेतृत्वमा आर एम १,०१५
सहयोगी अभियान्ताहरु।
अमृत डाँगी
वीरबल थापा

पृर्थी प्रकाश राना मगर ‘प्रकाश’ को  नेतृत्वमा आर एम  १०००
सहयोगी अभियान्ताहरु।
जय बहादुर रोका मगर. रोल्पा , भवानी सिंजाली मगर. पाल्पा ,कर्मसरी बुढा मगर. दाङ्ग
रामप्रसाद पुनको पहलमा आर एम. ७१७
र, अभियानको पहिलो दिन संयुक्तरूपमा संकलित रकम आर एम  २२०३
जम्मा संकलित रकम आर एम . १२,१५३(
दर, रेट. ×२६.९०
नेरु. ३,२६,६७३ रहेको दिलबहादुर बचाउ ब्लडमनी संकलन अभियान २०७५ु मुल समिति मलेसियाले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आज सवारीसाधन नचलाउने समितिको रुट परमिट आजैदेखि खारेज
आज सवारीसाधन नचलाउने समितिको रुट परमिट आजैदेखि खारेज
ठमेलको रात्रिकालीन आचारसंहिता पालना नहुँदा स्थानीयलाई सास्ती
ठमेलको रात्रिकालीन आचारसंहिता पालना नहुँदा स्थानीयलाई सास्ती
आयुष्मानको काखमा प्रियंका
आयुष्मानको काखमा प्रियंका
मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक
मनास्लु क्षेत्रमा अहिलेसम्मकै धेरै पर्यटक
संसदीय सुनुवाइ समितिको बैठक सोमबार बोलाइयो, प्रधानबारे निर्णय हुने
संसदीय सुनुवाइ समितिको बैठक सोमबार बोलाइयो, प्रधानबारे निर्णय हुने
समाजवादी पार्टी निर्वाचान आयोगमा दर्ता, डा. भट्टराईको वरियता चौथो
समाजवादी पार्टी निर्वाचान आयोगमा दर्ता, डा. भट्टराईको वरियता चौथो
काममा फर्किएका गभर्नर अधिकारीले भने-कुनै पूर्वाग्रह राखेर काम गर्दैनाैं
काममा फर्किएका गभर्नर अधिकारीले भने-कुनै पूर्वाग्रह राखेर काम गर्दैनाैं
भोलि पूर्वराजाका नातिको व्रतबन्ध, राष्ट्रपतिसहित ३ हजारलाई निम्तो
अन्नपूर्ण चिनी मिलका मालिक राकेश अग्रवाल नभेटिएपछि श्रीमती पक्राउ
अन्नपूर्ण चिनी मिलका मालिक राकेश अग्रवाल नभेटिएपछि श्रीमती पक्राउ
Hayley Kiyoko And Kehlani’s ‘What I Need’ Video Is The Queer Adventure Of Your Dreams
Hayley Kiyoko And Kehlani’s ‘What I Need’ Video Is The Queer Adventure Of Your Dreams

तपाईंले छुटाउनुभयो कि?