अस्ट्रेलियन सांसदले गरिन् बुद्ध र सगरमाथाको देश भ्रमण गर्न आग्रह

Shikharkhabar Shikharkhabar
|
मंगलबार, मंसिर २५, २०७५
|
|
१८ पटक हेरिएको
Shares
अस्ट्रेलियन सांसदले गरिन् बुद्ध र सगरमाथाको देश भ्रमण गर्न आग्रह

सारांश

  • अस्ट्रेलिया ।
  • अस्ट्रेलियाकी फेडेरल सांसदको रुपमा प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेकी जोआन र्यानले वुद्ध र सगरमाथाको देश नेपालमा पर्यटकको रुपमा जान अस्ट्रेलियनहरुलाई आग्रह गरेकी छिन् ।
  • लुम्बिनी कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले मेलबर्नमा यही डिसेम्बर १५ मा हुन गइरहेको नेपाल फेस्टिबलको प्रचारप्रसार गर्ने क्रममा सांसद जोआनसंग भेटघाटको क्रममा भिडियो सन्देश मार्फत अस्ट्रेलियनलाई आग्रह गरेकी हुन् ।

अस्ट्रेलिया । अस्ट्रेलियाकी फेडेरल सांसदको रुपमा प्रतिनिधि सभामा प्रतिनिधित्व गरिरहेकी जोआन र्यानले वुद्ध र सगरमाथाको देश नेपालमा पर्यटकको रुपमा जान अस्ट्रेलियनहरुलाई आग्रह गरेकी छिन् ।

लुम्बिनी कपिलवस्तु दिवस अभियानका विश्व संयोजक रामकुमार श्रेष्ठले मेलबर्नमा यही डिसेम्बर १५ मा हुन गइरहेको नेपाल फेस्टिबलको प्रचारप्रसार गर्ने क्रममा सांसद जोआनसंग भेटघाटको क्रममा भिडियो सन्देश मार्फत अस्ट्रेलियनलाई आग्रह गरेकी हुन् ।

सांसद जोआनले नेपालमा बिनासकारी भूकम्पका बेलामा अस्ट्रेलियाले सामाजिक संरचना निर्माणमा महत्वपूर्ण भूमिका निर्बाह गरेको र लेबर पार्टीले अस्ट्रेलियामा शिक्षा क्षेत्रलाई प्राथमिकता दिइराखेको बताइन । नेपालमा दुखद घटनाको बेलामा स्कूलहरुको पुनर्निर्माणमा सघाएर लामो समय स्कूल जान नपाएका बालबालिकालाई स्कूल फर्कन सहयोग पुराएको स्मरण गरिन् ।

मन्तब्य दिने क्रममा जोआनले बिदाको समयमा वुद्ध र सगरमाथाको देश नेपाल गै त्यहाँको पर्यटन उद्योगमा योगदान दिएर दीर्घकालीन रुपमा सहयोग गर्न भनेकी छिन् । नेपालमा लगानीका संभावनाको खोजी गरेर सकारात्मक प्रभाव पार्न सकिने र द्धिपक्षीय मैत्री साझेदारी मजबुतिकारण गर्न सकिने बताइन् ।

यसअघि मेलबर्नमा यही डिसेम्बर १५ मा हुन गैराखेको नेपाल फेस्टिबल प्रचारप्रसार गर्ने क्रममा विस्व संयोजक श्रेष्ठले जिलोङकी सांसद क्रिस्टिन कोउजिन्स र अस्ट्रेलियाकै सबैभन्दा ठूलो बहुसांस्कृतिक महोत्सवमध्येकै हो । महोत्सव पाको फेस्टा आयोजना गर्ने संस्था डाइभर्सिटाटका प्रमुख कार्यकारी अधिकृत माइकल मार्टिनेजसंग पनि भेटघाट गरेका थिए । त्यसैगरी जिलोङ निवासीद्धय ज्ञानेन्द्र उप्रेती र आरजु बस्नेत पनि भेटघाटमा सहभागी थिए ।

नेता जोआन र्यानको भिडियो सन्देशको युट्युब लिंक
https://www.youtube.com/watch?v=pO1v4Za7_38

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?