श्रीमती यौनसम्पर्कवाट सन्तुष्ट भएको कसरी थाहा पाउने ?

Shikharkhabar Shikharkhabar
|
सोमबार, आषाढ ३२, २०७५
|
|
३५ पटक हेरिएको
Shares
श्रीमती यौनसम्पर्कवाट सन्तुष्ट भएको कसरी थाहा पाउने ?

सारांश

  • तपाईंकी श्रीमती सन्तुष्ट नभएकै हो वा तपाईंलाई त्यस्तो लागेको मात्र हो भन्ने कुराअनुसार फरक–फरक समाधान हुन सक्छ ।
  • तपाईंकी श्रीमतीमा यौनेच्छा बढी भएको पनि हुन सक्छ ।
  • यो कुरा तपाईंहरूबीचको सम्बन्धको सुमधुरता मात्र होइन, शारिरीक तथा मानसिक स्थितिमा पनि भर पर्छ ।

तपाईंकी श्रीमती सन्तुष्ट नभएकै हो वा तपाईंलाई त्यस्तो लागेको मात्र हो भन्ने कुराअनुसार फरक–फरक समाधान हुन सक्छ । तपाईंकी श्रीमतीमा यौनेच्छा बढी भएको पनि हुन सक्छ । यो कुरा तपाईंहरूबीचको सम्बन्धको सुमधुरता मात्र होइन, शारिरीक तथा मानसिक स्थितिमा पनि भर पर्छ ।

महत्वपूर्ण कुरा के छ भने यौनसम्पर्कवाट मात्र महिलाले यौन सन्तुष्टि प्राप्त गर्ने होइन । महिलाले कसरी यौन सुख प्राप्त गर्न सक्छन् भन्ने कुरामा ध्यान दिने मात्र होइन, त्यसमा संलग्न पनि हुनुपर्छ ।
महिलाको सबैभन्दा यौन संवेदनशील अङ्ग ‘भगाङ्कुर’ बाहिरतिरै हुन्छ । त्यसलाई हात वा औंलाले चलाएर यौन चरमसुख प्राप्त गर्न सहयोग गर्न सकिन्छ । योनि अर्को महत्वपूर्ण अङ्ग हो ।यसको बाहिरतिरको भाग यौन संवेदनशील हुन्छ ।

योनिमा केही पसाई त्यसबाट घर्षण गराएर आनन्द प्राप्त गर्न सकिन्छ । स्तन तथा अन्य यौन संवेदनशील अङ्गको मर्दन, घर्षण अनि चलाउने जस्ता क्रियालापमा संलग्न हुन सकिन्छ । त्यसबाहेक अन्य नयाँ प्रयोग गर्न सकिन्छ ।  यौन क्रियाकलापमा संलग्न हुँदा पाक्क्रीडामा संलग्न भए यौन उत्तेजना प्राप्त गर्न र चरमसुखसम्म पुग्न सजिलो हुन्छ ।यसले यौनसम्पर्कमा संलग्न दुवै जनालाई साथसाथै चरमसुख प्राप्त गर्न मद्दत गर्छ ।

दुवैले एकसाथ चरमसुख प्राप्त गर्नु सजिलो कुरा होइन र यही नै हुनुपर्छ भन्ने पनि छैन । साथसाथै चरम सुख प्राप्त भएन भनेर पीर गर्नुपर्ने आवश्यता छैन, पालैपालो यौन चरमसुख प्राप्त गरे पनि हुन्छ ।(डा राजेन्द्र भद्रा)

(yellowtail.tech)

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?