कांग्रेसको नेतृत्वबाटै मुलुकमा लोकतन्त्र स्थापना भएको होः डा राणा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २२, २०८०
|
|
२६ पटक हेरिएको
Shares
कांग्रेसको नेतृत्वबाटै मुलुकमा लोकतन्त्र स्थापना भएको होः डा राणा

सारांश

  • काठमाडौँ ।
  • नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा.
  • आरजु राणा देउवाले कांग्रेसले लिएको विचार र सिद्धान्तकै कारण मुलुकमा लोकतन्त्र स्थापना भएको बताएकी छिन् ।

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. आरजु राणा देउवाले कांग्रेसले लिएको विचार र सिद्धान्तकै कारण मुलुकमा लोकतन्त्र स्थापना भएको बताएकी छिन् ।

कांग्रेसको भातृ सङ्गठन तरुण दलको केन्द्रय कार्यसमिति सदस्यहरुको प्रतिनिधिमण्डलसँग आज भएको भेटमा उनले भनिन्, “विगतमा नेपाली कांग्रेसले लिएको सिद्धान्तकै कारण आज मुलुकमा लोकतन्त्र स्थापना भएको हो र लोकतान्त्रिक शासन व्यवस्थाका कारण नै देश विकासले गति लिएको हो ।”

डा. राणाले नेपालमा विसं २००७ सालको क्रान्तिदेखि विसं २०४६ मा प्रजातन्त्रको पुनस्र्थापना र विसं २०६२/६३ को जनआन्दोलनको नेतृत्व एवं अगुवाई नै नेपाली कांग्रेसले गरेको स्मरण गर्दै पार्टीको यो गौरवशाली इतिहासलाई मनन् गरेर तरुण दलका कार्यकर्ताहरु लाग्नुपर्ने बताइन् । नेपालमा लोकतान्त्रिक शासन व्यवस्थाका लागि विपी कोइराला, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला र कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवाले समय समयमा लडेको र जसका कारण नेपाली नागरिकले अहिलेको गणतान्त्रिक व्यवस्था प्राप्त गर्न सकेका पनि उल्लेख गरिन् ।

डा. राणाले कांग्रेसका नेताहरुको योगदान र आदर्शको अनुशरण गरी लोकतन्त्र र विधिको शासनका लागि लाग्न नेपाल तरुण दलका समग्र सदस्यहरुलाई आग्रह पनि गरिन् । कांग्रेस पार्टी र मुलुकको भविष्य नै तरुण दलमा आवद्ध देशका समग्र युवाहरुको हातमा रहेको भन्दै कांग्रेसका नेताहरुले देखाएको मार्गमा हिँड्न सबै तरुण सदस्यहरुलाई सुझाव पनि दिइन् ।

प्रतिनिधिसभा सदस्य समेत रहेका राणाले नेपाली कांग्रेससँग विकास र समृद्धिको स्पष्ट नीति रहेको र कांग्रेसले लिएकै नीतिबाट मुलुक विकासको गतिमा अघि बढेको पनि  बताइन् । नेपाल तरुण दलको अध्यक्ष विद्वान गुरुङको नेतृत्वमा नेपाल तरुण दलको केन्द्रीय समितिका सदस्यहरुले आज डा. देउवासँग अन्तरक्रिया गरेका थिए ।

सो अवसरमा डा. राणाले हालै सदस्य थप भएको तरुण दललाई चुस्त एवं सक्रिय बनाई अघि बढ्न अध्यक्ष गुरुङलाई आग्रह पनि गरेकी थिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

​असोज १७ गतेदेखि डिभीको आवेदन खुल्ने, यसपटक नयाँ नियम
​असोज १७ गतेदेखि डिभीको आवेदन खुल्ने, यसपटक नयाँ नियम
सुर्तीजन्य पदार्थकाे बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
सुर्तीजन्य पदार्थकाे बिक्री वितरणमा रोक लगाउने निर्णय कार्यान्वयन नगर्न उच्च अदालतको आदेश
दीपिका पादुकोण र रणवीर सिंहले लगाएको लुगा लिलामीमा !
दीपिका पादुकोण र रणवीर सिंहले लगाएको लुगा लिलामीमा !
मधेसलाई ‘अलग राष्ट्र’ घोषणा गर्ने फोरम नेता अभिषेक प्रताव शाहको चेतावनी…
मधेसलाई ‘अलग राष्ट्र’ घोषणा गर्ने फोरम नेता अभिषेक प्रताव शाहको चेतावनी…
बिमस्टेक परराष्ट्र मन्त्रीस्तरिय बैठक : ग्रीड इन्टरकनेक्सन संगै अपराध, मानव तस्करीमा शुन्य सहनशिलता अपनाउने
बिमस्टेक परराष्ट्र मन्त्रीस्तरिय बैठक : ग्रीड इन्टरकनेक्सन संगै अपराध, मानव तस्करीमा शुन्य सहनशिलता अपनाउने
१३ वर्षीया बालिकालाई गोदावरी जंगलमा लगेर बलात्कार
१३ वर्षीया बालिकालाई गोदावरी जंगलमा लगेर बलात्कार
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा सर्वसम्मत अनुमोदन
सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर राणा सर्वसम्मत अनुमोदन
चीनले अघि बढायो केरुङ सिंगाछे रेल अध्ययन
चीनले अघि बढायो केरुङ सिंगाछे रेल अध्ययन
हेलम्बु एफएममा आक्रमण
हेलम्बु एफएममा आक्रमण
आलेख: पूर्वाधारका नाममा कुतियाकवरमा बल्ल एउटा झोलुङ्गे
आलेख: पूर्वाधारका नाममा कुतियाकवरमा बल्ल एउटा झोलुङ्गे

तपाईंले छुटाउनुभयो कि?