बाढीपीडितको राहतमा जुटे युएईका संघसंस्था, ५ हजार दिराम संकलन

Shikharkhabar Shikharkhabar
|
सोमबार, श्रावण ३०, २०७४
|
|
२९ पटक हेरिएको
Shares
बाढीपीडितको राहतमा जुटे युएईका संघसंस्था, ५ हजार दिराम संकलन

सारांश

  • युएई ।
  • केही दिन यता देशभर परेको भारी वर्षा र बाढीपहिरोका कारण प्रभावितहरुको उद्दार तथा सहयोगका निम्ति युएईका नेपाली संघसंस्था जुटेका छन् ।
  • ८० बढी नेपाली संघसंस्था रहेको युएईमा गैह्रआवासीय नेपाली संघ (एनआरएनए ), नेपाल पत्रकार महासंघ, आदिवासी जनजाती महासंघ, नेपाली समाज, नेपाली जनसंपर्क समिति, झापाली समाज, नेपाली सोसियल क्लबलगायतका संघसंस्थाहरुले आर्थिक सहयोग संकलन शुरु गरेका हुन् ।

युएई । केही दिन यता देशभर परेको भारी वर्षा र बाढीपहिरोका कारण प्रभावितहरुको उद्दार तथा सहयोगका निम्ति युएईका नेपाली संघसंस्था जुटेका छन् ।

८० बढी नेपाली संघसंस्था रहेको युएईमा गैह्रआवासीय नेपाली संघ (एनआरएनए ), नेपाल पत्रकार महासंघ, आदिवासी जनजाती महासंघ, नेपाली समाज, नेपाली जनसंपर्क समिति, झापाली समाज, नेपाली सोसियल क्लबलगायतका संघसंस्थाहरुले आर्थिक सहयोग संकलन शुरु गरेका हुन् ।

त्यसैगरी स्याङ्जा सहयोग समाज, नेपाली जनप्रगतिशिल मञ्च, विवेकशील साझा पार्टी, दाङ देउखुरी समाजलगायतका संघसंस्था पनि राहत संकलनका लागि जुटेका छन् ।

बाढीपहिरो प्रभावितहरुको उद्दार र सहयोग गर्ने दायित्व सरकारको मात्रै नभएर सम्पूर्ण नेपालीको कर्तव्य भएको एनआरएन युएईका अध्यक्ष सुदिप कार्कीले बताए । एनआरएनले संचालन गरेको राहत संकलन अभियानमा अहिलेसम्म करिब ५ हजार दिराम संकलन भईसकेको र सम्पूर्ण संकलित रकम एक साताभित्र एनआरएन आईसीसीले खडा गरेको बाढिपहिरो राहत कोषमा जम्मा गर्ने उनले बताए ।

केही दिन यताको अविरल वर्षा र बाढिका कारण देशभरका २६ जिल्ला प्रभावित भएका छन् । विद्युत, संचार, यातायात अवरुद्ध छन् भने ७० बढीले ज्यान गुमाईसकेका छन् । यो विषम परिस्थितिमा प्रवासबाटै भए पनि पीडितलाई उद्दार तथा राहत उपलब्ध गराई दुःखको आँसु पुछ्न आर्थिक सहयोग संकलन थालिएको नेपाल पत्रकार महासंघ युएईका अध्यक्ष भुपराज बस्यालले बताए ।

अप्रत्यासित रुपमा उत्पन्न प्राकृतिक प्रकोपबाट देशवासीले भोग्नुपरेको दुख र पिडामा केही हदसम्म भएपनि मलहम लगाउन आर्थिक सहयोग संकलन थालिएको राहत संकलन अभियानमा जुटेका नेपाली जनसम्पर्क समिति युएईका उपसभापती भुवानीप्रसाद तिम्सिनाले बताए ।

त्यसैगरि युएईमा रहेका समाजसेवी र सरोकारवालाहरुले सामाजिक सञ्जालमार्फत पनि सहयोग संकलनका निम्ति अपिल गरिरहेका छन् । युएईमा लामो समयदेखि कार्यरत गायक प्रकाश पौडेलले सामाजिक सञ्जालमार्फत तिजको कार्यक्रमबाट उठेको रकम बाढी पीडितलाई जोहो गरिदिन आग्रह गरेका छन् ।

त्यस्तै समाजसेवी तथा नेपाली जनसम्पर्क समिति युएईका संस्थापक सभापति चित्र केसीले राजनैतिक अस्थिरताबाट बारम्बार ठगिएका नेपाली पुन दैवीप्रकोपबाट समेत ठगिएकाले मिलेर विपतको सामना गर्न आग्रह गरेका छन् ।

त्यस्तै अबुधाबीमा कार्यरत मोनिका नगरकोटीले समेत सामाजिक सञ्जालमार्फत यो विपतको घडीमा सबैले सहयोग गर्नुपर्ने भन्दै सबैलाई सहयोगको निम्ति अपिल गरेकी छिन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

Rekha’s mesmerising performance on ‘Salam-E-Ishq Meri Jaan’ will take your breath away, watch
Rekha’s mesmerising performance on ‘Salam-E-Ishq Meri Jaan’ will take your breath away, watch
प्रधानमन्त्री कार्यालयका कर्मचारी कटौति
प्रधानमन्त्री कार्यालयका कर्मचारी कटौति
यस्तो छ, ३ वटै प्रदेशमा पार्टीहरुको पछिल्लो मतपरिणाम, एमालेको अग्रता कायमै
यस्तो छ, ३ वटै प्रदेशमा पार्टीहरुको पछिल्लो मतपरिणाम, एमालेको अग्रता कायमै
यी हुन प्रतिनिधिसभातर्फ ६ र प्रदेश सभामा १२ विजयी उम्मेदवारहरु (सूचीसहित)
यी हुन प्रतिनिधिसभातर्फ ६ र प्रदेश सभामा १२ विजयी उम्मेदवारहरु (सूचीसहित)
प्रदेश नम्बर २ को सरकार गठनका लागि बाम गठबन्धनको पनि दाबी,संविधान संशोधनका लागि एमाले र माओवादीको नेतृत्व सकारात्मक
प्रदेश नम्बर २ को सरकार गठनका लागि बाम गठबन्धनको पनि दाबी,संविधान संशोधनका लागि एमाले र माओवादीको नेतृत्व सकारात्मक
नेपाल र बंगलादेश सेमिफाइनलमा
नेपाल र बंगलादेश सेमिफाइनलमा
राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा
व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : प्रहरी महानिरीक्षक कुँवर
व्यवहार, मनोवृत्ति र सोच परिवर्तन हुन जरुरी छ : प्रहरी महानिरीक्षक कुँवर
हलिउड स्टार जेम्स कानको निधन
हलिउड स्टार जेम्स कानको निधन
नेपाल आर्मीद्वारा दशदिने स्वास्थ्य शिविर
नेपाल आर्मीद्वारा दशदिने स्वास्थ्य शिविर

तपाईंले छुटाउनुभयो कि?