राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ ८, २०७६
|
|
५१ पटक हेरिएको
Shares
राष्ट्रियसभा सदस्य निर्वाचनको सम्पूर्ण तयारी पूरा

सारांश

  • बिराटनगर।
  • प्रदेश नं.
  • १ मा राष्ट्रियसभा सदस्य पदको माघ ९ गते (बिहीबार) हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।

बिराटनगर। प्रदेश नं.१ मा राष्ट्रियसभा सदस्य पदको माघ ९ गते (बिहीबार) हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ।

निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिए। निर्वाचनका लागि वीरेन्द्र सभागृहमा स्थानीय तहका मतदाता र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाउन लागिएको उनले बताए।

एक दलित, एक महिला र एक अन्य गरी तीन जना राष्ट्रियसभा सदस्यका लागि बिहीबार बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुने उनले जानकारी दिए।

वीरेन्द्र सभागृहमा रहेको मतदानस्थलमा रहेको दुई केन्द्रमध्ये (क)मा प्रदेशसभा सदस्य र (ख) मा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्। उक्त निर्वाचनमा प्रदेश नं १ का प्रदेशसभा सदस्य ९३ तथा स्थानीय तहअन्तर्गत महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष २७४ गरी कूल ३६७ जनाले मतदानमा सहभागी हुनेछन्।

निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न १८ कर्मचारी खटिएका  छन् भने निर्वाचनस्थलको सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ।

जिल्ला निर्वाचन कार्यालयमा मतपत्र प्राप्त भएपछि मतगणना शुरु गरिने सूचना अधिकृत अधिकारीले बताए। राष्ट्रियसभा सदस्य पदका लागि हुने निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट तीन, नेपाली काँग्रेसका तर्फबाट तीन र सङ्घीय समाजवादी पार्टीेका तर्फबाट तीन गरी जम्मा नौ जना उम्मेदवार छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

निर्वाचन आयोगद्वारा मंसिर ४ मा हुने चुनावका लागि आचारसंहिता जारी (पूर्णपाठ)
बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते
बस र ट्रक एकापसमा ठोक्किँदा तीनजनाको मृत्यु, २७ घाइते
मदन भण्डारीजस्तै हत्या हुन सक्छ : प्रचण्ड
मदन भण्डारीजस्तै हत्या हुन सक्छ : प्रचण्ड
साउदी अरबमा ३८ जना नेपाली युवा अलपत्र
Akash Ambani and Shloka Mehta’s engagement invitation card is here and it looks impressive!
Akash Ambani and Shloka Mehta’s engagement invitation card is here and it looks impressive!
आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरीको छलाङ, पुगे दोस्रो स्थानमा
आईसीसी टी–२० अलराउन्डर वरीयतामा दीपेन्द्रसिंह ऐरीको छलाङ, पुगे दोस्रो स्थानमा
मेडिसिटीलाई एनएबीएच मान्यता प्राप्त, शिक्षा र स्वास्थ्यमा लगानी बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
मेडिसिटीलाई एनएबीएच मान्यता प्राप्त, शिक्षा र स्वास्थ्यमा लगानी बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता
गैंडा मृत अवस्थामा फेला
गैंडा मृत अवस्थामा फेला
अमृत खाती र पार्वती कार्कीले ल्याए “बिउ खायो किरैले”(हेर्नुहोस)भिडियो/
अमृत खाती र पार्वती कार्कीले ल्याए “बिउ खायो किरैले”(हेर्नुहोस)भिडियो/
एसिया कप छनोटः नेपाल द्वारा अाेमान सामु २ सय २२ रनको चुनौति पेश, सागरकाे अर्धसतकिय पारी महत्वपूर्ण ! LIVE
एसिया कप छनोटः नेपाल द्वारा अाेमान सामु २ सय २२ रनको चुनौति पेश, सागरकाे अर्धसतकिय पारी महत्वपूर्ण ! LIVE