हलिउड स्टार जेम्स कानको निधन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ २४, २०७९
|
|
३६ पटक हेरिएको
Shares
हलिउड स्टार जेम्स कानको निधन

सारांश

  • हलिउड स्टार जेम्स कानको निधन भएको छ ।
  • फिल्म ‘द गडफादरमा’ को भूमिकाबाट विश्व चर्चित कानको ८२ वर्षको उमेरमा निधन भएको हो ।
  • मिडिया रिपोर्टकाअनुसार कानका परिवारले सामाजिक सञ्जालमार्फत उनको निधनको खबर बाहिर ल्याएका हुन् ।

हलिउड स्टार जेम्स कानको निधन भएको छ । फिल्म ‘द गडफादरमा’ को भूमिकाबाट विश्व चर्चित कानको ८२ वर्षको उमेरमा निधन भएको हो । मिडिया रिपोर्टकाअनुसार कानका परिवारले सामाजिक सञ्जालमार्फत उनको निधनको खबर बाहिर ल्याएका हुन् । पोस्ट सेयर गर्दै कानका परिवारले लेखेका छन्, ‘हामी निकै दुःखका साथ भन्न चाहन्छौं । ६ जुलाईमा कानको निधन भएको छ ।’ पोष्ट सार्वजनिक पछि कानका फ्यान र सम्पूर्ण उद्योगका साथीहरूले श्रद्धाञ्जली अर्पण गरिरहेका छन् ।

कानको पूरा नाम जेम्स एडमन्ड कान हो । उनले १९६३ मा आएको फिल्म ‘इर्मा ला डोस’ बाट फिल्मी करियर सुरु गरेका थिए । त्यसपछि उनले थुप्रै फिल्म अभिनय गरेका छन् । कान त्यस्तो अमेरिकी अभिनेता हुन्, जसले ४ गोल्डेन ग्लोब, एक एमी र एक ओस्करसहित धेरै पुरस्कारहरू प्राप्त गरेका थिए । उनले ४ विवाह गरेका थिए, जसबाट ५ सन्तान छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?