प्रधानमन्त्री कार्यालयका कर्मचारी कटौति
सारांश
- काठमाडौं – सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयको कर्मचारी दरबन्दी कटौती गरेको छ।
- मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रधानमन्त्री सचिवालयको कर्मचारी संख्या कटौतीको निर्णय गरेको हो।
- अब प्रधानमन्त्री सचिवालयमा २९ कर्मचारीको दरबन्दी रहने निर्णय भएको जानकारी सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।
काठमाडौं – सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् सचिवालयको कर्मचारी दरबन्दी कटौती गरेको छ। मन्त्रिपरिषद्को बुधबारको बैठकले प्रधानमन्त्री सचिवालयको कर्मचारी संख्या कटौतीको निर्णय गरेको हो।
अब प्रधानमन्त्री सचिवालयमा २९ कर्मचारीको दरबन्दी रहने निर्णय भएको जानकारी सूचना तथा सञ्चार राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। सचिवालयमा अहिले ४७ जना कर्मचारी दरबन्दी छ। उनले भने, ‘थोरै जनशक्तिबाट धेरै काम गर्ने प्रधानमन्त्रीज्यूको सोचअनुसार दबरन्दी कटौती गरिएको हो।’
बैठकले प्रधानमन्त्री कार्यालयमा सल्लाहकार सचिवालय र विज्ञ सचिवालय राख्ने निर्णय गरेको छ। सल्लाहकार सचिवालयमा सल्लाहकारको समूह र विज्ञ सचिवालयमा विज्ञहरुको समूह रहनेछ। यसअघि सल्लाहकार सचिवालय र विज्ञ सचिवालयको प्रावधान थिएन। यसअघि प्रधानमन्त्रीले आफ्नो सचिवालयअन्तर्गत सल्लाहकार तथा विज्ञ नियुक्त गर्थे।
मन्त्रिपरिषद्ले सचिवालयको दबरन्दी कटौती कार्यविधि पारित गरेको छ। कार्यवधिअनुसार प्रधानमन्त्री कार्यालयलाई नयाँ संचरनामा लगिएको राज्यमन्त्री बाँस्कोटाले बताए। प्रधानमन्त्रीले अब प्रमुख राजनीतिक सल्लाहकार, जनसम्पर्क सल्लाहकार, परराष्ट्र सल्लाहकार, प्रेस सल्लाहकार, सुरक्षा सल्लाहकार राख्ने भएका छन्।
यसैगरी मन्त्रिपरषद् बैठकले पाँचवटा समिति बनाउने निर्णय गरेको छ। यसअनुसार आर्थिक समिति, राजनीतिक समिति, सामाजिक समिति, प्रशासनिक समिति, भौतिक पूर्वाधार तथा विधेयक समिति रहनेछन्। ती समितिमा सरकारमा मन्त्रीहरू रहनेछन्।
प्रतिक्रिया