हिमालयको तेस्रो विमान काठमाडौं आइपुग्यो

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र १८, २०७३
|
|
८११ पटक हेरिएको
Shares
हिमालयको तेस्रो विमान काठमाडौं आइपुग्यो

सारांश

  • हिमालय एयरलाइन्सले आफ्नो तेस्रो विमान शुक्रबार काठमाडौं ल्याएको छ ।
  • हिमालयको एयर बस ए ३२०-१२४ जहाज विहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ ।
  • नयाँ एयरबस जर्मनीबाट उडाएर काठमाडौं ल्याइएको हो ।

हिमालय एयरलाइन्सले आफ्नो तेस्रो विमान शुक्रबार काठमाडौं ल्याएको छ । हिमालयको एयर बस ए ३२०-१२४ जहाज विहान ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको छ । नयाँ एयरबस जर्मनीबाट उडाएर काठमाडौं ल्याइएको हो ।

हिमालयन एयरलाइन्ससँग हाल दुई एयरबस छ र कतारको दोहा, श्रीलंकाको कोलम्बो, मलेसियाको क्वालालम्पुर र म्यानमारको रंगुनमा उडान भर्दै आएको छ ।


अब साउदी अरबको दमाम, हङकङ, भारतका दिल्ली, अहमदावाद र चेन्नाई र दोस्रो चरणमा दुवई थाइल्याण्डको बैंकक चीनको बेइजिङ तथा ल्हासा र छेङ्दुमा प्रत्यक्ष उडान गर्ने योजना रहेको बताएको छ ।

कम्पनीले एकवर्कभित्रै वाइड बडी एयरबस ल्याएर जापान, कोरिया, युरोप, अष्ट्रेलिया र अमेरिका उडान भर्ने योजना पनि बनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?